Friday, March 6, 2015

"तोरन्ल्ह" फागुपुर्णिमाको उपलक्ष्यमा मंगलमय शुभकामना ।

सरद डायरि । विहिबार, फागुन २१, २०७१
 
श्रद्धेय आम महानुभावहरुमा,
होर्छे ।
सर्व प्रथम हामि थकालीहरुको महानचाड फागुपुर्णिमा अर्थात तोरन्ल्हको शुभ-अबसरमा हार्दिक मंगलमय शुभकामना टक्य्राउदछु ।
स्वदेश तथा विदेशमा रहनु भएका आम सम्पुर्ण महानुभावहरुको सु-स्वास्थ, दिर्घायु, उत्तरोत्तर प्रगति एवं उपलब्धिमुलक र सफल भविष्य रहोस भन्दै  ल्ह लाङ्वान्हुर्वु, ल्ह छ्युरिनग्याल्मो, ल्ह कहाङ्लाङ्लासिङकीकर्पो, ल्ह ह्यावाहाङ्ज्युङ, ल्ह नरीच्ह्योवले हामि सबैको सुख, समृद्धिको लागि सधैब रक्षा गर्नुहुन पनि प्राथना पनि गर्दछु ।
 
फागुपुर्णिमा अर्थात तोरन्ल्ह भनेको,
पितृ देवताको अर्थ हो र प्रत्यक बर्षको फागु पुर्णिमाको दिनलाई बीचमा पारि तीन दिन सम्म थकाली जातीहरुले तोरन्ल्ह पर्व धुमधामका साथ मनाउने गरेको पाईन्छतोरन्ल्ह पर्वमा थकाली जातिहरुको आफ्ना स्वर्गिय पितृहरुको सम्झनामा भक्तिभावका साथ पूजाआजा गर्नाले निरोगी हुनुको साथै सुख, समृद्ध र धनाध्य हुन सकिने धारणा रहेको छ । फागु पुर्णिमाको अघिल्लो दिनमा फलफ, रोटी , बिभिन्न थरिका मासुका परिकार र प्हाट्हुङ, काट्हुङ (आन्द्रामा गहुको पिठो वा रगत भरेको बिशेष परिकार)  लगायतका मिष्ठा खानेकुराहरुलाई सफा भाडामा सजाएर राखिन्छ । अखण्ड, दीप, धूप, फलफुल, सेलरोटी,जा रक्सी आदि चौरासी ब्यन्जन जुराई राखेर पहिलो दिनको मध्यरातको समयमा घर नजिकको धारा वा पंधेरामा नुहाई चोखो पानी सहित उक्त चौरासी ब्यन्जन पितृदेवलाई चढाईन्छ । यो सबै बिधिलाई खिमी च्हयुजी भनिन्छ र यो थकाली जातिको पिण्ड दिने तरिका हो । यस तोरन्ल्ह पर्वमा बिशेष गरेर पुरूषहरु तारा (धनुषबाण) खेल खेल्छन भने महिलाहरु नाकाभोटे (ढुंगाको गोटी) खेल्ने परम्परा छ । फागुको शुक्ल पक्षको तिथिपरेको भोलिपल्ट जुनसुकै बार भएपनि दिन हेरी सो दिनमा बाबु आमा भएका कुमार केटालाई चुनिन्छ । तारा थाप्नु भन्दा एक दिन अगाडि सबै तारा खेलाडीहरु संगै बसेर बाण तिखो पार्दछन। परम्परागत बिधि अनुसार कन्या केटाले तारोलाई ठाडो पारेर उभ्याईन्छ र नौनीघ्युले तीन ठाऊमा हेर (टिका) लगाई सेतो, रातो ध्वजा धुपिको टुप्पामा बाँढेर तारोको शिरमा खेप (बिधि) चढाईन्छ र जांड रक्सीले छे,छे (चढाउने) गरि आशिक दिईन्छबिभिन्न देवतालाई पुकारी थरिथरिका तोरन्ल्ह गीतहरु गाउने पनि गरिन्छ । शुरुमा ठाडो उभ्याईएको तारोमा कन्या केटाले सर (वाण) हानी साईत उद्घाटन गर्छन। पर्वको मुख्य दिन पछि आफ्ना बिबाहित चेलीबेटि र ज्वाहरुलाई बोलाई मिठो चोखो खानेकुराहरु खुवाईन्छ । पर्वको मुख्य दिनमा चेलीबेटीद्धारा माईती कहा रक्सी, रोटी, कुखुरा, तोरीको तेल आदि लिएर आदरका साथ पुर्याउने गरिन्छ र माईतीबाट चेलीबेटी तथा ज्वांईहरुलाई नगद वा जिन्सी उपहार स्वरुप दिने चलन रहि आएको छ ।
साथै आजको शुभसाईत संगै जापानको पहिलो अनलाईन मेडिया "नेपालजापान डटकम" मा मेरो आफ्नो बिचार तथा समसामयीक बिषयमा बिगतमा भएको अन्तर्वाता आज प्रकाशन भएको रहेछ । तपसिल लिन्कमा पढ्न सकिन्छ ।

 http://www.nepaljapan.com/2015/03/05/160648/
 
 

भवदिय,
शरद कुमार गौचन
ताकामाचु, टोक्यो जापान
मार्च ५, २०१५ (विहिवार)

No comments: