Tuesday, March 17, 2015

घोषित २४ औं शुभकामना साँझ स्थगित

 सरद डायरि । सोमवार, चैत्र २, २०७१
यस बर्ष गर्ने भनिएको २४ औं शुभकामना साँझ बिबिध बाध्यता र असहज परिस्थितिका कारण स्थगित गरियो । घोषित कार्यक्रम भएकोले स्थगित भएको तपसिल बिबरण सहित समाचार संम्प्रेषण गरे आज ...

http://tokyonepal.com/2015/03/18/119574.html

श्रीमान संम्पादक ज्यु,
हार्दिक नमस्कार ।

बिषय :  समाचार संम्प्रेषित गरिदिनुहुन

महोदय,
उपरोत्त सम्बन्धमा, तपसिल (थसेस जापान २४ औं शुभकामना साँझ स्थगित, २४ औं साधारण सभा तथा तोरन्ल्ह पार्टिको निमन्त्रणा) समाचार यहाको प्रचलित एवं विश्वस्नीय अनलाईन मेडीयामा प्रकाशनार्थ सादर अनुरोध गर्दछु । सधैव सहयोग र समर्थनको लागि मुरिमुरि धन्यबाद टक्य्राउछौं ।
 
भवदिय,
शरद कुमार गौचन
संरक्षक, थकाली सेवा समिति जापान
मार्च १६, २०१५ (सोमवार) 
--------------------------------------------------------------------यहाबाट------------------------------------------
 
थसेस जापानको २४ औं शुभकामना साँझ स्थगित (२४ औं वार्षिक साधारण सभा तथा तोरन्ल्ह पार्टि धुमधाम संग मनाईने)
१६ मार्च, २०१५  

थकाली सेवा समिति जापानले यस बर्षको फागुपुर्णिमा तोरल्हको उपलक्ष्यमा जापानबासि नेपाली माझ आयोजना गर्ने भनिएको २४ औं शुभकामना साँझ विविध प्राविधिक कारण स्थगित गरिएको कुरा अध्यक्ष बुद्धि गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ नेपाल देखी चर्चित कलाकारहरुलाई आमन्त्रण गरि नयाँ, नौलो र छुट्टै किसिमले जापानबासी नेपाली दर्शक श्रोता बिच टोक्योको मेगुरो कुमिन सेन्टर हलमा मार्च २२ तारीख आईतबारका दिनमा गर्ने भनिएको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम स्थगित गरिएको हो । यसबाट पर्न गएको असुबिधाको लागि आम नेपाली, जापानी, सुभचिन्तक संम्बन्धित सबैप्रति थसेस जापान हार्दिक क्षमायाचना गर्दछ । बिशेष गरेर यस २४ औं शुभकामना साँझको निमित्त प्रायोजन गरि सहयोग गर्नुहुने तमाम ब्यबसायी, संघसंस्था, संम्बन्धित सबै प्रति क्षमा याचना सहित आगामि दिनमा यसै गरि निरन्तर साथ, सहयोग र समर्थनको लागि पनि हार्दिक अपिल समेत गर्दछ ।

 स्मरण रहोस, थसेस जापानले प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको आफ्नो बार्षिक साधारण सभा र तोरन्ल्ह पार्टि भने पुर्व निर्धारित दिन अर्थात अप्रिल ५ तारीख आईतबारका दिन मै मनाउने गरि अन्तिम तयारि पुरा भएको पनि जनाएको छ । जस अनुसार २४ औं साधारण सभा तथा तोरन्ल्ह पार्टि एवं विविध साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम, टोक्योको हामामाचुच्यो स्थित मन्दिर रेष्टुरेन्टको सभाहलमा तोरन्ल्ह धुम धमाका संग मनाईने छ । यस कार्यक्रमकमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरु एवं जापानका क्रियाशिल संघसंस्थाहरुमा पनि उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ ।

 थकालीहरुको महान चाड फागुपुर्णिमा तोरन्ल्हको अबसरमा मनाउन गईरहेको यस तोरन्ल्ह पार्टि तथा संस्थाको २४ औं साधारण सभा बारेमा बिभिन्न माध्यमद्धारा जापानबासी आम थकालीहरुलाई निमन्त्रणा गरिसकिएको भएता पनि कुनै कारणबश जानाकारि प्राप्त नभएका महानुभावहरुलाई यसै बिज्ञप्ति मार्फत सहभागी जनाई कार्यक्रमलाई सफल बनाउन पुन हार्दिक निमन्त्रणा गरिएको छ - बिज्ञप्तिमा भनिएको छ ।
कार्यक्रमको बिवरण
मिति : २०१५ अप्रिल ५ तारिख (आईतवार)
समय : १७ : ०० देखी
स्थान : मन्दिर रेष्टुरेन्ट, हामामाचुच्यो टोक्यो, जापान
आयोजक : एनपिओ होजिन थकाली सेवा समिति, जापान
थप सहयोग, सम्पर्क र बिस्तृत जानाकारिको लागि
हेमन्त शेरचन : ०९०-२९११-९६७८, राजु शेरचन : ०८०-५४८३-८५५३
दिपक गौचन : ०८०-६६५५-६४६१, लेलिन भट्टचन : ०८०-६५८६-५००३
घनश्याम भट्टचन : ०९०-९६४०-५५७७, जिबन भट्टचन : ०८०-३५१०-३७६३
प्राथी
अध्यक्ष-बुद्धि गौचन, संरक्षक- शरद कुमार गौचन 
--------------------------------------------------------सम्म---------------------------------------------------------------------

No comments: