Monday, March 9, 2015

KIRIDHOSI HIKE IN KAMAKURA

सरद डायरि । आईतबार, फागुन २४, २०७१
आज केहि हप्ताको अन्तरालमा पुन कामाकुरा एरियाकै किरिडोसि, नागोएकिरिडोसि नामक पडाड र मान्डराडो यागुरागुन नामक पार्कमा साकुरा फुल हेर्दै हाईक् गर्ने कार्य सम्पन्न भयो । घनाघोर जंगल पार गर्दै पुरानो ओडार भित्र मानिसहरुको हाड राखीएको ठाउ समेत पत्ता लगाउदै अनकन्तार भिरमा समेत चढियो । वारिको भिरबाट पारिको भिर जाने पुरानो पुल प्रयोग गरेर शरिरै जिरिङ्ग हुने गरि पारि भिर सम्म पार गरियो ।
जेहोस, मित्रहरुसंग कामाकुरा स्टेशनमा ११:२० मा जम्मा हुने भनिएता पनि सबै जना जम्मा हुदा साढे एघार भईसकेछ र एकजना व्राजिलिएन मित्र भने, अपर्झट काम परेकोले नआउने खवर आयो । जेहोस, २ जना ब्रिटिस मित्र १ जना जापानी मित्र र म गरि ४ जना लाग्यौं गन्तब्य स्थल तिर। नजिकैको मन्दिरबाट शुरु भएको हाईक् मौसमले पनि साथ दिएकोले रमाईलो र उत्साहजनक नै भयो ।
बेलुका फर्किने बेलामा स्टेशन नजिकैको चर्चित याकितोरि र ईप्पाई खन्पाई गरेपश्चात आ-आफ्नो घर तिर बिदा बाजि भएर लागियो । त्यस अबसरको तलतिर केहि झलकहरु....

 







for more...........................................

No comments: