Wednesday, April 23, 2008

American's Concert

मित्रहरु संग (जापानी,कोरियन,ताइवानिज) एस.के स्टेज को एक झलक
एस.के,मित्रसंग

सरद डायरी । मंगलबार, बैसाख १०, २०६५

आज मित्र जिमले (अमेरिकन नागरिक) एउटा रमाईलो कन्सर्ट छ हेर्न जाने हो भनि प्रस्ताब राख्नुभयो । बिशेष काम केहि नभएकोले मैले तुरुन्तै जवाफ दिए म पनि जान्छु भनि । हुन त उहाले यस कार्यक्रम सम्बन्धी पहिला पनि जानकारि गराउनु भएको थियो । अनि काम सकिएपछी सबै जना भेटेर जाने सल्लाह भयो । सोहि अनुरुप सबै जना बेलुकाको ५ बजे तिर भेटघाट गरियो । अनि जिमले भन्न लाग्नु भयो कि आजको कन्सर्ट कस्तो हो भने, कलाकारहरुले एक्टिङ मात्र गर्छन तर शब्द भने केहि पनि निकाल्दैनन् र यस्को एउटा लामो कहानि जस्तो हुन्छ भनि सुनाउनुभयो । यस्तो किसिमको कन्सर्ट हेर्नुभएको छ भनि सोध्नुभयो ? हामि सबैलाई अचम्म लागेर हेरेको छैन भनि सोध्दा पो थाहा भयो, यो कन्सर्ट बिशेष गरेर कान नसुन्ने अपांङ्ग हरुको लागि उपयुत्त र भाषाको प्रयोग नगरिने र स्वदेशी बिदेशी जस्ले पनि एक्टिङ हेरेर मात्र बुझिने भएकोले हामिलाई झन कहिले हेरौ भनि उत्सुकता बध्यो । अनि झन खुशीको कुरा चाहि हामिलाई जिम मार्फत टिकट सबै निशुल्क मा मिलाउनु भएको रहेछ । किनभने आजको कन्सर्ट जिमको हितैषी मित्रहरुको ग्रुप हरुले गर्न लाग्नु भएको रहेछ । हामि सबैजना ४ वटा कारमा बाडिएर गन्तब्य तिर लाग्यौ । सबभन्दा अगाडी जिमले कार गुडाउनु भयो किनभने कन्सर्ट हुने हल उहालाई भन्दा थाहा थिएन । म जिमको कारमा चढे अरु मित्रहरु हाम्रो पछाडी फलो गर्दै आउनु भयो । आदी घंण्टामै हलमा पुगियो । धेरै ठुलो हल र खुबै राम्रो ठाउमा थियो । ब्यवस्थित पार्किङ,भित्र पस्ने र बाहिर निक्लने ब्यवस्थित बाटो,सबै आगन्तुक हरुलाई बिभिन्न जानकारि गराउने भोलिन्टीएरहरु, सफा हल, पानी पिउने ब्यबस्था, चर्पीहरुको ब्यबस्था भनि नसक्नु अति नै ब्यबस्थित र रमणिय बातावरण थियो त्यो हलको । हामि हलमा पसेको केहि छिनमै ६ बजि हाल्यो अनि कार्यक्रम शुरु भयो भगवानको प्राथनाबाट। मलाई अचम्म लाग्यो कि यस्तो बिकशीत देशमा पनी भगवान प्रति आस्था राख्दो रहेछन् भनि । कार्यक्रम अधिकांश चुपचाप नबोलिकन गरिने नाटक जस्तो थियो तर बिचबिचमा केहि कलाकारहरुले गित गाउने र उत्त नाटकको बिषयमा एलाउन्सरले मिनिङ बताउने गर्नुहुन्थ्यो । करिब ९ बजेतिर कार्यक्रम समाप्त भएपछी हामिलाई जिमले स्टेजको पछाडी लग्नुभई सबै कलाकार हरु संग परिचित गराउनुभयो । अनि करिब साधे नौ बजेतिर लागियो डेरातिर।।।

No comments: