Tuesday, April 1, 2008

१७औं शुभकामना सांझमा आमन्त्रित कलाकारको बिदाई

सामुहिक नाच
गायक यश कुमार ले गित प्रस्तुत गर्दै
दोहोरो गायिका दुर्गा गुरुङ्ले गित गाउदै
नायिका रेखा थापाले आफ्नो मन्त्यब्य दिन क्रममा
सरद दायरि । मंगलबार, चैत्र १८, २०६४
अस्ति अप्रैल १ तारिख मंगलबार सांझ ताकादानोबाबा स्थित माया नामक नेपाली तथा ईन्डियन रेष्टुरेन्टमा एक बिधाई पार्टि सम्मन्न गरियो ।
थसेस जापानले थकालीहरुको ऐतिहासिक पर्ब तोरन्ल्ह(फागु पुर्णिमा)को उपलक्ष्यमा आयोजित शुभकामना सांझमा आमन्त्रित कलाकार यश कुमार,दुर्गा गुरुङ्ग र रेखा थापाको ठुलो नेपालीहरुको सहभागितामा रहेको एक भब्य बिदाई पार्टि सम्मन्न भएको छ ।
कार्यक्रमको संचालन सल्लाहाकार शरद कुमार गौचनले गर्नु हुदै नेपाली ब्यबासायी संघ जापानका अध्यक्ष भबन भट्टले चेस गरि कार्यक्रमको प्रारम्भ गर्नुभएको थियो । बिदाई भएर नेपाल फिर्न लाग्नु भएका गायक यश कुमार, दोहोरि लोक गायिका दुर्गा गुरुङ्ग र रेखा थापालाई अध्यक्ष ध्रुब भट्टचन र सदस्य यमा शेरचनले प्रशसा पत्र र खात ओढाएर बिदाई गर्नुभएको थियो ।
तिनैजना कलाकारद्धयहरुले मन्त्यव्य दिने क्रममा सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको जापान बसाई राम्रो होस भन्ने कामना राख्दै कार्यक्रमका आयोजक थसेस जापानले हामिहरुलाई जापानमा बोलाई धेरै गुण लगाउनु भएको छ साथै नेपाली कला,संस्कृतिलाई उत्थान,प्रतिभालाई प्रोत्साहन गर्ने अत्यन्तै गहन जिम्मेवारि पुर्ण काम गर्नू भएकोमा धन्यबाद टक्य्राउनु भएको थियो ।
शुभकामना सांझका संयोजक टंक शेरचनले कलाकारहरुसंगका अबिस्मरणिय संम्झनाहरु लगायत कलाकारको जापान आगमन सम्मका प्रक्रियाको बारेमा समेत बिस्तृत जानाकारि दिलाउनु भएको थियो ।
यसरि मन्त्यब्य प्रकट गर्नुहुनेहरुमा नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष भबन भट्ट,थसेसका अध्यक्ष ध्रुब भट्टचन, सदस्य मनोज तुलाचन हुनुहुन्थ्यो ।
सबैजनाको आग्रहमा गायक यश कुमारले *देशलाई नभूलौ बोलको गित सुनाएय शुरुमै सबैजनालाई भावुक बनाउनु भएको थियो । यसैगरि अर्का नायिका रेखा थापाको नृत्य शुरु भएपछि दर्शकहरुले जोशिलो तालिले स्वागत र हुटिङ्ग दिन शुरु गरेका थिए । यसैगरि अर्का कलाकार गायिका दुर्गा गुरुङ्गले दोहोरि गित शुरु गरेपछी त सबैजनालाई उठेर नाच्न बाध्य बनाएको थियो ।
स्मरण रहोस आयोजक सुत्रका अनुसार नेपालदेखी आमन्त्रित यिनै तिनजना कलाकारको प्रस्तुतिमा मार्च ३० तारिखका दिन थसेस नागोया द्धारा पनि सांस्कृतिक सांझ २००८ भब्यताका साथ सम्पन्न भएको जानाकारिमा आएको छ ।

No comments: