Saturday, April 12, 2008

3rd Day in USA

सरद डायरी । शनिबार, चैत्र ३०, २०६४

अझै बानी परिनसकेको कारणले गर्दा आज अमेरिकाको तेस्रो दिन पनी अँधाधुँदै मा थिए ।
बिहान्नै ६ बजे नै निन्द्रा ले छोड्यो । अनी साथिहरू पनी केही समय पश्चात् उठ्नु भयो । चिया बिस्कुट खाई वोरि मातृभूमि नेपालकै बिषयमा गहकिलो गफ्गाफ़ चल्यो । नचल्नु पनी किन नेपालमा पहिलो पटक सम्बिधान सभा भैरहेको र कसैले पनी नसोचेको माओवादीले धमाधम सबै सीट कब्जा गरेको समचारले गर्दा त हामी जस्ता देशप्रेमी लाई उत्सुकुताको बिषयत हुने नै भयो । जे होस बेलुका फेरी अर्को साथिको घरमा डिनर खाने प्रबंध भयो ।
स्पागेत्ति पार्टी थियो बेलुका को डिनर , पहिला सालाद खाएपछी शुरू भयो मेन दिसको, जून हाम्रा मित्रले मिहिनेत का साथ बनाउनु भएको थियो । वाईनको चुस्की लिदै मेंन दिस खादा लाग्थयो कुनै अमेरिकाको उच्च स्तरको रेस्तुरेंन्त्मा डिनर खादैको भान् .
देजांर्त ( आइसक्रीम ) खाईसकिएपछी फेरी कुरा त नेपालतिरै अघाधी बध्यो । नेपालको लाइव टीवी हेर्दै राजनितिक गफहाक्दा रातिको १२ बजेको पत्तोइ पाईएनछ एक्जना मित्रले जस्क्याए पछी पो याद भयो समयको अनी लगियो लुखुर लुखुर देरातिर ।

No comments: