Sunday, April 20, 2008

Baseball Game

एस.के,मित्रहरु संग हुटिंग गर्दै
एस.के,अमेरिकन र तर्किको मित्र संग
खेल हुन अघि मित्रहरुसंग (जापानी,कोरियन,टर्की) फोटो खिचाउदै

सरद डायरी । शनिबार, बैशाख ७, २०६५

आज अप्रैलको १९ गते शनिबारको दिन एबिएल (अमेरिकन बेसबल लिंग) को गेम हेनं जाने दीन भएकोले निकै खुशी छु । तर एउटा समस्या चाहि के पर्यो भने मेरो टिकट भने अझै हात परेको थिएन, त्यसकारण मेरो टिकट पाऊने नपाउने निश्चित नभएकोले अली पीर चाही लागीरहेको थीयो । किनभने, उक्त गेम हेर्नको लागि अरु साथीहरूले १ महीना अगाडी नै टिकट किन्नू भएको रहेछ, म त अप्रिल १० तारिखमा मात्र अमेरिका आएको हुनाले महिले किन्न सक्ने कुरै भएन । जे होस साथिहरूसंग भेट्घाट भयो, अनी एकैछीन पछि पो थाहा भयो २ वोटा टिकट एक्स्ट्रा रहेछ र म हेर्न जान पाउने निश्चीत भएपछी सबै साथीहरूले मलाई ढाब मानॅ आए । अनी लागीयो अमेरिकन मित्रको गादीमा लसएन्जंलस स्तदिएंमतिर, करीब २५ मिनट पछि नै बेसबल ग्रांउन्ड्मा पुगियो । लसएन्जंलस स्तदिएंम को नजिक पुगेका के थियौ त्यहाको बातावरर्ण नै फरक थियो । जे होस गाडी पार्किंग गर्यों । आज गेम चाही लस र सिआतल को थियो, अनी आ-आफ्नो सपोर्तको टीम को कपडा मा सजिएका मानीसहरु एकअर्का संग हाईट्च गर्दै चिच्याउदै स्तदियम तीर लाग्दै थिए सबै बेसबल फ्यानहरू जताटेतै देखिंन्थे कोही मुख भरी पोतेकाहरु (पेंटिंग) , कोही अनौठो किसिम का कपडा लगाएका अनी कोही गीत गाउदै हिदेका, साचैं त्यहाको दृश्य अनौठो र रमणीय थियो । स्तदिएंम भित्र पस्न निकै समय लाग्यो, किनभने स्तदिएंमको शुरक्षा ब्यबस्था र चेकिंग निकै कड़ा रहेछ, जे होस भित्र पसेपछी एकैछीन मा पहिला रास्त्रीय गीत एक चाचीँत गाएकले गाएंपछी गेम सुरु भयो । हामिहरू करीब डेढ दर्जन साथिहरू गएका हुनाले चिच्याउदा निकै ठुलै आवाज आउने भंएकोहुनाले वोरिपरीका मान्छेले हेरेता पनी हामि गेमको अन्तसम्म चिच्याउंन छोदेनौ । हाम्रा एकजना अमेरिकन महिला मित्र त यति हसीला की स्तदिएंम छीरेदेखी नन स्ट्प रामाइंलो गरिन् अनी १५ चोटी हामिबसेको एरियामा ओरोदोरो गरिन् होला , उनले गर्दा पनी ज्यादै रामाइंलो भयो । गेम त लस अन्जलास टिमले जित हात पार्न सफल भयो । अनी गेमको अन्तमा पटेका पत्काउदा त झन कम्ता त जमेंन भंनी साध्य छैन । । ।

गेमको केहि झलक (भिडियो क्लिपमा)

No comments: