Sunday, April 27, 2008

Let`s Talk USA!

मकै,सोडा र चिप्स हरु खादै गफ्गाफ़मा ब्यस्त
सामूहिक फोटो मित्रहरु संग एस.के
सरद डायरी । आइतबार, बैसाख १४, २०६५

आज सुक्रबार को दिन, भोली र पर्सी विकईन्द भएकोले एकजना अमेरिकन मित्र कहा जानेकुरा भयो ।
जसको नाम जिमी हो । उनी चर्ज धर्म संग सम्बन्धित रहेछन । उहाले प्रत्येक सुक्रबार संसार भरिकै मानीसहरुलाई जम्मा गरेर आफ्नै घरमा बोलाई गफगाफ गर्ने हल्का ड्रिंक र चिप्स हरुको पनी ब्यबस्था गर्नु हुदो रहेछ । उहाले यस किसिम को कार्यक्रम धेरै पहिला देखी सुरु गर्नु भएको र हालसम्म उहाले हजारौ बिदेशी हरु संग सम्पर्क राक्नु भएको रहेछ । उहाको यो प्रसनाल्ली सोचाई अनी बिदेशी नागरिकलाई सहयोग गर्ने भाबना अनुसार सुरु गर्नु भएको हो रे
सबभन्दा मुख्य कुरा चाही बिदेशी नागरिक लाई अग्रेजी भाषा,बोल्न सिकाउने, अमेरिका को रहन शहन र अमेरिकन हरुको बिचार हरु सुनाउने साथै बिदेशी हरुको संस्कार पनी अमेरिकन लाई सिकाउने गर्नु हुदो रहेछ ।
म गयको उक्त दिनमा पनी (जापान,कोरिया,ताइवान,थाई,ब्राजील,नेपाली,अमेरिकन) ७ देशको नागरिक करीब १२,१३ जना जम्मा भयाका थियौ । सबै जना ले आआफ्नो परिचय बाट बार्तालाव बाट शुरू गरी केहि समय खर्चियौ । त्यसपछी ४ ग्रुप मा बिभाजित भयौ, प्रतेक ग्रुप मा १ ,१ जना अमेरिकन लीडर जस्तो गरी त्यही अमेरिकन ले लीद गर्दै उहाले बिभिन्न प्र्श्न कुराकानी बिभिन्न बिषयमा कुराकानी शुरू गर्नु हुन्थ्यों ।
त्यसपछि सोही बिषयमा छलफल र पालैपालो आफ्ना कुरा हरु राख्न्ने क्रम जारी रह्यो ।
३ घंटा जति बार्तालाप गरी डेरा तीर लागियो ।

No comments: