Saturday, July 26, 2008

About My Room in fullerton

एस.के, को अध्ययन गर्ने जग्गा (पढ़ी तोपलेको) स्नानं गर्ने जग्गा
अमेरिकाको अनावश्यक बस्तु फाल्ने ठाऊ
हितैसी दुईपाग्रे मित्र

हाईसन्चो गर्ने ठाऊ
पोका,पन्तुरी र टाइम पास गर्ने भादो
अनुहार तल्काउने जग्गा


सरद डायरी । शुक्रबार, श्रावण १०, २०६५

म हाल २ बेद रूम को अपार्मेन्ट लिएर अर्को एकजना नेपाली मित्र संग सेयर गरेर बसेको छु , यहा प्राय जसो १ बेद रुमको १००० डलर र कोठा चाहि एउटा सेपेरेट बेदरुम,किचन,डाईनिङ,लिबिन्ग र एउटा तोईलेट र एउटा बाथरुम हुदो रहेछ ।
त्यसैगरि २ बेद रुमको १५०० डलर र २ वटा सेपेरेट कोठामा बाथरुम तोईलेट एताच र किचन,डाईनिङ,लिबिन्ग चाहि सेयर गर्ने स्टाईलको हुदो रहेछ ।
म चाहि एक्लै एउटा बेद रूममा सेपेरत रूपमा प्रयोग गर्दछु र अर्को एक बेदरुमंमा मित्र को परिवार सहित (उहाको मिसेस र २ छोरी) बस्नुहुन्छ । उक्त २ बेद रुमको प्रति महिना १५०० सय डलर (बत्ति बाहेक) तिर्दछौ । हामीले पहिला अपार्ट कन्टयाक्ट गर्दा ६ महिना त बसियला नि भन्ने हिसाबले प्रति महिना १०० डलर कम हुने फ़ाइदा हेरेर ६ महिनाको कन्टयाक्ट गरियो तर हाल आयर रुम मेट मित्रलाई जसरि पनि सर्नु पर्ने परिस्थिति आईपर्दा उहालाई निकै सारो परेको छ । बस्ने मान्छे खोज्दा पनी भनेको बेलामा नपाउने र कोठा बिचैमा छोड़न पनी नमिल्ने ।
म पनी खाना संगै खाने गरेका थिए उहाहरुसंग , भाउज्युले मिठो खाना अनी प्राय जसो समय मै तयार बनाई राख्ने हुनाले मलाई धेरै सजिलो भएको भएको थियो । तर उहाहरु देरा छोड्ने जस्तो कुराले गर्दा मलाई पनी खानको लागि अप्ठयारो पर्ला जस्तो महशुष भएको छ । जे होस हेर्दै जाउ एउटा बाटो त लाग्ला नि ।।।।

No comments: