Friday, July 11, 2008

Bye, Bye & Good Luck,, HOHRI Teacher !!!

मेरो गुरु मित्र संग फोटो खिचाउदै
महिला मित्रहरुको सामूहिक फोटो
बिभिन्न खाना मा रमाउदै सबै मित्रहरु
सामूहिक फोटो खिचाउदै मित्रहरु


सरद डायरी । बिहीबार, अषाढ २७, २०६५

आज मेरो कन्तिन्यु एडुकेशन कलेजको टीचर आफनै पारिवारिक समस्या ले पढाउने काम छोडदै हुनुहुन्छ । आज उहाको अन्तिम दिन भएकोले हामीले सानो बिदाई पार्टी गर्ने योज़ना बनाएका थियौ । उहा महिला टिचर हुनुहुन्छ र उहाले अत्यन्तै मिहिनेट का साथ, पढाउने सैली, हसिलो, सबै बिधार्थी ले मन पराउने टिचर हुनुहुन्थ्यौ । उहाको बिदाईको निमित्त सबैले आ-आफ्नै घरबाट केहि खानेकुरा बनाएर ल्याउने र कलास एकैछीन मात्र लीई पार्टी गर्ने सल्लाह भएको थियो । सोही अनुरूप सबैले खाने कुरा लिएर आउनु भएको थियो । मैले घरमा केहि नबनाउने भएकोले ग्रोसरी सप बाट केक र ड्रिंक किनेर लगेको थिए । अरु साथीहरूले प्राय घरबाटै खाने कुरा बनाएर ल्याउनु भएको थियो । रमाइलो कुरो त आज खानेकुरा मेक्स्सीकन, चाइनीज, कोरियन, भेतानामी, जापानीज,थाई र अमेरिकन खानाको लस्कर लागेको थियो । आज अन्तिम दिन भएकोले अग्रेजीमा पोइम लेखी सबैले सुनायौ । लाग्थ्यो हामीले हाम्रो होहरी टिचर लाई हाम्रो तर्फबाट्को कोसेली दिएका थियों ।

No comments: