Sunday, July 13, 2008

PRABACHAN by Dr.Chintamani Yogi in Sandiego

खानाको लस्कर

सरद डायरी । शनिबार, अषाढ २८, २०६५

आज सान्डिएगोमा नेपाल देखी पाल्नु भएका योगी ज्यु बाट प्रबचन कार्यक्रम हुने भएकोले मित्रसंग जाने कुरा भएको थियो । सबेरै उठेर तयारि गरेको थिए, मित्र साडे नौं बजेतिर आईपुग्नुभयो । अनी लागियो सान्डिएगोतिर करिब २ घण्टाको बाटो रहेछ । बिच बाटोमा केहि फलफुल र जुसहरु किन्नको लागि ओलबट्ररसन नामक सपिन्ग सेन्टरमा ओर्लियौ । सरसामान किनी, रेष्टरुममा पनी पसेर फेरि बाटो ततायौ । केहि छिनमै गन्तब्य स्थलमा पुगियो । अधिकतम सान्डिएगो वरपरकै नेपाली थिए भने हामिलगायत केहि नेपालीहरु लसएन्जलस बाट गएका थियौ । करिब ४५,५० जना नेपालीहरुको जमघट भएको थियो । पहिला लन्च खाएर मात्र कार्यक्रम शुरु गर्ने कुरा आयोजक कर्ताले जानाकारि दिनुभयो । अनी लागियो खाना खानको लागी । सेलरोटि सहित निकै धेरै खानाको परिकारको तेबुलमा लस्कर लागेको थियो , अलीअली झिक्दा पनि प्लेट भरियो । खाना सबैले घरबाटै बनाएर लिएर आएकोहुनाले खुब मिठो थियो । म लगाएत सबैले २,३ पटक थपेर खाईयो । अनी शुरु भयो भजन क्रितनबाट प्रबचन कार्यक्रमको । योगि ज्यु ले नेपाली,अंग्रेजी र हिन्दी भाषामा प्रबचन र अन्तमा केहि योगा समेतको कलास लीनुभयो । उहाको प्रकाशन र केहि सीडीहरु पनी रहेछन, केहि द्वछीना दिएर मैले उत्त सिडी र पुस्तक लिएर डेरातिर मित्र र म लाग्यौ ।

कार्यक्रम को केहि झलक (भिडियो क्लिपमा)

No comments: