Wednesday, July 30, 2008

Earthquake in California

सरद डायरी । मंगलबार, साउन १४, २०६५

म अमेरिका आएपछि पहिलो पटक निकै ठुलो भुइचालो को अनुभब गरे । जुलाई २९ तारीख मंगलबार बिहानको करीब साधे ११ बजेको थियोहोला । एकैचोटी ठुलो झड़का दियो भुइचालोले । अनी करीब ३५,४० सेकेण्ड दायाबाया गरी हल्लियो मेरो ऑफिस । म कुर्चिमा बसेको थिए, साथिहरु सबै कराउन लागे । कोही त ढोका खोलेर बाहिर भागे भने कोही कुर्चिमै बसी राम राम जप्न लागे । कसैको अमिलो अनुहार अनी कसैको रुन्चे अनुहार । साच्चै त्यहा एउटा नरसह्हार को रूप लिएको थिए । म पनी झंस्किदै अमेरिकामा नै बिलिन हुन लेखेको रहेछ भनी मेरो आफ्नो परिवार लाई संझे । अनी भाग्यबस भुइचालो को झदका बिस्तारै हराउदै गएपछि सबै को अनुहार हसिलो मा परिनत हुदै गयो । अनी हाम्रो मेनेजरले सबैलाई बाहिर निक्लन ख़बर गर्नु भयो । सोही अनुरूप सबै बाहिर निक्लियौ ।
बाहिर थुप्रै मान्छेहरुको भीड़ थियो । सबै जना एकअकांसन्ग भर्खरै गएको भुइचालो को बारेमा गन्थन गरेका थिए । जेनेरल मेनेजरले आज छुट्टी भन्ने सूचना प्रकाशित गरेपछि लक्की भन्ने बिचार लाग्यौ र फर्किए देरातिर अनी टीवी खोलेर न्यूज़ हेरेको त सबै च्यानल म भुइचालो सम्बंधिको न्यूज थियो । अनी मात्र थाहा भयोकी ५.४ को भुइचालो रहेछ ।

No comments: