Sunday, July 20, 2008

DMV & My Friends

मित्रहरु सप्पिंग गर्दै
सप्पिंग मा बिजी हुदाको एक झलक
एस.के, फलफूल अगाड़ी फोटो खिचाउदै

सरद डायरी । शनिबार, साउन ४, २०६५

मेरो डेराको नजिकै बस्नु हुने मित्रको श्रीमतीले (बहिनी) ड्राईविंग लाईसेंन्सको लिखित परीक्षा दिन जाने कुरा गर्नु भएको थियो आज । तेस्रो हप्ताको शनिबार भएकोले दिएम्भी (लाईसेंन्स दिने ठाऊ) खुल्ला हुने र यदि आज समय भएमा संगै जाऊ भन्नु भयो । मलाई पनी गाडिको प्राक्टिस र परीक्षा रुट्को बारेमा पनी ज्ञान हुने भन्ने कुरा गर्नु भएको हुनाले मलाई पनी अत्यन्तै सान्दभिंक लाग्यो । मैले मित्रलाई म पनी संगै जाने कुरा जनाए । खाना खायर तयार हुने कुरा बताए । खाना खाईओरि , नुहाएर मित्रसंग लागीयो दिएम्भी तीर । ४ बजेतिर दिएम्भिमा पुगेको त आज बिहानको ८ बजे देखि १२ बजे सम्म मात्र खुल्दो रहेछ । हामी पुग्दा त बन्द भई सकेको रहेछ । हामीले राम्रो संग बुझेर आउनु पर्ने रहेछ भन्ने कुरा भयो । जे भयो ठीकै भयो भनी मलाई मित्रले गाडि चलाउन भन्नु भयो । अनी मेरो गाडि चलाउने प्राक्टिस सुरु भयो । मित्रले आफुले अनुभब गर्नु भएको परीक्षा को कोस र सबै जानकारी गराउनु हुदै परीक्षा हुने त्यही रूट मा गाडि चलाए । मित्र साइद मा बसेर सबै कुरा गाइड गर्नु भयो । करिब १ घंटा बढ़ी प्राक्टिस गरेपछि लागीयो सप्पिंग सेंटर तीर । जहा हामी प्राय किन्न जाने ठाऊ (सुपर किंग) हो । मित्रहरूले करिब १ हप्ताको सप्पिंग गर्नु भयो अनी मैले पनी फलफूल र केही बिस्कुट हरु कीने . अनी फेरी लागीयो अर्को सप्पिंग सेंटर तीर । त्यहा पुग्दा भोक लागिसकेको थियो । म्याक्दोनल्द मा हाम्बर्ग, न्यागेत,पोत्यातोचिप्स र जूस खायर लागीयो देरातिर । डेराको पुग्दा त ९ बजिसकेको रहेछ ।

No comments: