Monday, July 21, 2008

LAX Internation Airport

सरद डायरी । आईतबार, साउन ५, २०६५

आज आइतबार छुट्टीको दिन भएपनि कही जाने र केही गर्ने मनासाय पनि नबनेकोले डेरामै बसी बिताए । दिउसोको लन्च पनि मित्रले ५ बजे तीर बनाउनु भै ख़बर गर्नु भएकोले ५ बजे तीर खाइयों । जे होस मेरै अर्पात को अर्को कोठामा बस्नु हुने अर्को मित्र आजै स्वदेश फर्किनु हुने भएकोले उहाले मलाई फ़ोन गर्नु भयो । अनि म आउछु भनी फ़ोन राखे । एकैछिन उहाको देरामा गई,चिया पनि बनाएर ल्याउनु भएकोले चिया पिउदै करीब १ घंटा गफ्गाफ़ गरियो । बेलुका समय मिलेमा एअरपोर्ट छोडन जाने कुरा बताए ।
बेलुका ९ बजेतिर फ़ोन गर्नु भयो । अनि म हतारहतार गरी खाना खाई मित्रलाई एअरपोर्ट पुर्र्याउन बाहिर नीक्ले । उहाहरु ३ जना गादिमा चढी मलाई पर्खिनु भएको रहेंछ । म पुगेपछि तुरुन्तै लागीयो । करीब पौने घंटा मा एलएएक्स इन्तरनेशनल एअरपोर्ट मा पूगी टिकेट चेक गरी लग्गेज हरु बुझाइयो । अनि मित्रलाई बिदाबाजी गरी देरामा फर्किदा त साढ़े बाह्र भैसकेको रहेंछ । अनि बेडमा पल्ते घुत्रुक्क ।।।

No comments: