Tuesday, July 15, 2008

Japanese Festivals 2008 in Torrance

मेन स्तेजमा हवाई डान्स गर्दै
मित्रहरु पईनापल खादै
मेन स्टेजका दर्सकहरुको एक झलक
क्युकिशिन करातेको काटा गर्दै एक खेलाडी
एस.के,मूल द्वारमा फोटो खिचाउदै

सरद डायरी । आइतबार, अषाढ २९, २०६५

हिजोको थकाईले म अली ढिलो सम्म सुतेछु । मित्र पनि ढीला सम्म सुत्नु भएछ । उहाले ९ बजेतिर फ़ोन गरि साढे नौ बजे तयार हुन भन्नुभयो । अनी उठी मुख धोई वोरी चिया खाए । अनी मित्र एकैछिन पछी आइपुग्नु भयो । किनभने आज हामी १० बजे देखि हुने जापानिज मेलामा जानु थियो । अर्को मित्रलाई लाई पनि जाऊ भनेपछि उहा पनि तयार हुनुभयो । जानु भन्दा अगाड़ी एकएक गिलास चिया खायर जाऊ भन्नु भयकोले फेरी मित्रको घरमा पनि चिया खाइयों । अनी हिदियो आजको गन्त्यब्य तीर । करीब १ घंटा पछी जापानिज मेला लाग्ने ठाउँ, लस एंन्जंलसको उत्तर क्षेत्रमा पर्ने तोर्रान्स भन्ने सहरमा पुगियो । मेला सुरु भैसकेको रहेछ भित्र पस्ने टिकेट प्रति ब्यक्ति ५ ड्लर तिरेर भित्र पसीयो । भित्र निकै रमाइलो थियो । अधिकान्स जापानिज थिए । केही अमेरिकन लगायत बिभिन्न देसका मान्छेहरू जस्ता देखिन्थे । खानेकुरा कुरा को स्टल देखि बजार, गेम, बिभिन्न सरसामानको प्रचार प्रसार अनि लाइव स्टेज त निकै जमेको थियो । हामी सबै ठाउं घूमीयो अनि केही पुरुस्कार हात पार्न पनी सफल भइयो ।
एकैछिन मा २,३ घंटा बितेको पत्तै पाइएनछ । अर्को मित्रले पेतमा मूसा दगुरेको कुरा सुनाएपछि मात्र पत्तो पाईयो की हामीले लन्च नै लिएका रहेनछौ अनी लाग्यौ भोजनको लागि मित्र रास्ट्र इंडियन को बजार भएंको ठाउँ, अर्तिजिया तीर । । ।

No comments: