Thursday, October 16, 2008

Arrived in Boston

सरसामानको रकम (डलर) भुत्तानिको लागी क्यासियरमा
मार्केट बास्केट अगाडी सपिन्ग गरेर निक्लदै
आफन्तको हलाल पसल(बम्बई मार्केट)
साईनबोर्ड

सरद डायरी ।  बुधबार, असोज २९, २०६५

बोस्तन आगमन पछीको मेरो आज दोस्रो दिन र मेरो आफन्तहरुले पनि बिदा लिनु भएको हुनाले सबैको लन्डरि गर्ने कार्य देखी एक हप्ता सम्मको लागि सरसामानको किनमेल अनि ईष्टमित्र संगको भेटघाट गर्ने कार्यक्रम थियो आज । सोहि अनुरुप बिहान करिब ११ बजे तिर उठि चिया पिईओरि लागियो एक थैलो कपडा बोकि पब्लिक लन्डरि सर्भिस मा । दुईवटा मेशिनमा टन्न भरेर लन्डरिमा अटो ओन गरेर, बैङ्क अफ अमेरिकामा पैसा निकाल्ने,चेक साट्ने र मेरो आफन्तले एकाउन्ट खोल्न को लागि लागियो । सबै काम सकेर फर्किदा ठिक्क लन्डरि पनी सकिएको हुनाले ड्राईमेसिनमा हालियो । ड्राईको लागि पनी करिब ३०,३५ मिनेट समय लाग्ने हुनाले लन्डरिको बाहिर पट्टिको कुर्चिमा एकै छिन गफगाफ गर्दै बस्यौ । लन्डरि सर्भिसको हलमा सबै कुराको जानाकारि गराईने सुचना बोर्ड राखिएको रहेछ । यसो आँखा लगाएको त नजिकै पुस्तकालय भएको कुरा लगायत बिभिन्न कुराको जानाकारि रहेछ । म एकैछिन पुस्तकालयमा जाने निधो गरि लागे । त्यहा गएर कुरा बुझेको त मेम्बर सिस्तम भएको र मेम्बर बन्नको लागि निश्चित ठेगाना को प्रुफ गर्ने कागजात लगेपछी मात्र मेम्बर बन्न पाईने रहेछ । म २ दिन अघि मात्र बोस्तनमा आएको हुनाले त्यस्तो कागजात त मेरो हुने कुरै भएन त्यसकारण म पछि आउछु भन्दै लागे । जेहोस मेम्बर बनेपछी त्यहा धेरै कुराको सर्भिसहरु प्रयोग गर्न पाउने, जस्तै कम्युटर कलास देखी ईएसएल कलास अन्य धेरै कुरा निशुल्क मा सर्भिस पाउने जानाकारि गराईन् । अनि म लन्डरिमा फर्किएको त ड्राई पनी सकिएको हुनाले कपडा झिकेर ठिक्क पार्नु भएको रहेछ । कपडा सबै थैलोमा कोचि लागियो डेरा तिर । डेरामा पुग्नासाथ लन्च पनी तयार भएको हुनाले लन्च खादै एकैछिन गफगाफ गरियो । त्यसपछी कोहि नुहाई धुआई, कोहि कपाल काटने र कोहि कपाल मा रङ लगाउने कार्य सकि लागियो मार्केट बास्केट सेन्टरमा(सस्तो सुपर मार्केट) किनमेलको लागि । करिब १ हप्ताको लागि सामान किनि,नजिकै हाम्रै एकजना आफन्तले पसल लिनु चलाउनु भएकोले आफन्तलाई पनी एकैछीन भेटघाट गरि नेपाल टेलिफोन गर्ने कार्ड किनि लागियो डेरातिर । करिब आठ बजेतिर डेरामा पुगेपछी माछाको झोल संग खाना खाने कुरा भएअनुरुप पहिला जातेको मासुको भुटन संग बियर र उईस्किको चुस्कि लिदै गफगाफमा मख्ख परियो । साथै नेपाल तिर पनी सम्पर्क गर्दै अमेरिकाको हालखबरको बेलिबिस्तार बताउदा १० बजेको पत्तो नै पाईएनछ । अनि अन्तमा डिनर खाएपछी लागियो बिस्तारामा छिटै सुत्नको लागि किनकि भोलिदेखी मेरो अमेरिकामा पहिलो पटकको ईन्डियन रेष्टुरेन्टमा काम गर्नुछ ।।

No comments: