Friday, October 17, 2008

Cafe Of India

क्यासियर र बारको दृष्य कफे अफ ईन्डियाको बाहिरको भाग
दिउसोको बफेट लन्चको सेठमुल ढोका

सरद डायरी । बिहिबार, असोज ३०, २०६५

म आज बोस्तनको आगमन पछी पहिलो पटक कफे अफ ईन्डियन नामक ईन्डियन रेष्टुरेन्टमा पार्ट टाईम काम गर्न जादै छु । अत्यन्तै सेन्टर ठाउ र पुरानो रेष्टुरेन्ट भएकोले साह्रै बिजि हुन्छ रे । बिशेष गरेर शुक्रबार, शनिबार र आईतबार त मारमार कस्टमर आउछन रे बाहिरको बाटो सम्म लाईन नै लाग्छ रे ।
हुन त म जापानमा धेरै बर्ष पहिला शुरुको केहि समय ईन्डियन रेष्टुरेन्टको काम गरेको अनुभब र ईन्डियन खानाको बिषयमा हामि नेपालीलाई साधारण ग्यान हुने भएकोले मलाई मेनुको बिषयमा त्यति गाह्रो नहोला भन्ने लागेपनी बिगत ८,९ बर्ष मैले डेस्कटपको (अफिसियल) काम गरेको हुनाले ८,१० घण्टा उभिएर काम गर्न भने धेरै गाह्रो हुने होकि जस्तो मनमा लागेको थियो ।
मेरो आफ्नै मामाले ठिक्क पारिदिनुभएको काम र डेरामा पनि के गरेर बस्ने दिनभरि, यहि काम भएपनी गर्दै गर्नुस अन्य उचित काम या कलेज शुरु भएपछी सोच्नुहोला भन्नु भएकोले मलाई उत्त कुरा ठिक लागेको हुनाले स्विकार गर्दै आजदेखि काम गर्ने कुरा मनसाय बनाएको थिए ।
मामा यस रेष्टुरेन्टको मेनेजर भएको र कम्पनिको साहुले सबै कुरा बिश्वास गर्ने भएकोले उहालाई नै सबै जिम्मा दिएको रहेछ । पैसाको कारोबार देखी लिएर, कामदारि लाई राख्ने, तलबको रकम किटान गर्ने, कामदारिको समय स्केज्युल मिलाउने,रेष्टुरेन्टको सरसामानको अर्डर दिने देखी सम्पुर्ण कुरा उहाले नै प्रबन्ध मिलाउनुहुदो रहेछ ।
आज मेरो पहिलो दिन भएकोले ११ बज्नु १० मिनेट अगाडि पुगि कपडा फेरि काम गर्न लागियो । दिनमा बफेट सिस्टम र बेलुका चाही अराकारुत सिस्टत(मेनुबाट अर्डर)रहेछ ।
कस्तरम आएपछी हाई हेल्लो भन्दै बस्ने ठाउसम्म पुर्यापछी पानी राखीदिनुपर्दो रहेछ । अर्डर गर्ने तरिका भने, कम्युटरको मोनिटरमा टर्चिन्ग सिस्टम रहेछ । उत्त मोनिटरमा आफ्नो नंम्बर, टेबल नंम्बर,कस्टमर संख्या र खानाको परिकार ईन्ट्रिगरेपछि सम्बन्धित ठाउमा सर्कुलर भएर प्रिन्ट हुने र सोहि अनुरुप किचनबाट खाना निकाल्ने र क्यासिएरमा बिल पनी जाने सिस्टम हुने भएकोले यो सिस्टम भने धेरै सरल, मिस नहुने र भएपनी तुरुन्तै सच्याउन मिल्ने राम्रो सिस्टम राखेको रहेछ ।

No comments: