Friday, October 3, 2008

My new BICYCLE was Stolen

चोरी भएको साईकल राखिएको ठाउको झलक
साईकल चोरेर लक् मात्र राखिएको झलक एडुकेशनिन्ग कन्टिन्यु सेन्टर
मेरो चोरी भएको नया साईकल

सरद डायरी । बिहिबार, असोज १६, २०६५

आज मलाई पहिलो पटक अमेरिका प्रति अत्यन्तै घृणा र आजै अमेरिका छोडौ जस्तो मनमा लाग्यो ।
प्राय म मेरो अफिसको काम सकेर बेलुका अमेरिकाको भाषा (ईएसएल) सिकाउने एडुकेशनिन्ग कन्टिन्यु सेन्टर नामक ठाउमा हप्तामा १,२ पटक जान्थे । यो कलास पैसा पनी नलाग्ने र अमेरिका सम्बन्धि बिभिन्न कुराको पनि ग्यान हुने साथै म बेलुका फ्रि हुने हुनाले काम सकिएपछी सक्दो यो कलासमा एटेन्ड हुन्थे ।
मेरो डेरा देखी साईकल बाट करिब ३०,३५ मिनेट बाटो भएको र यो बाटोमा बसको रुट भएपनी बस बाट (बस पर्खिने समय जोडदा) जादा २ घण्टा बढी लाग्ने हुनाले म साईकल नै प्रयोग गर्दथे ।
आज लामो गर्मि बिदाको पछिको नया कलास र नया बिल्डिङमा सर्ने कुरा जानाकारि भएकोले जान पर्यो भनि लागे ।
सधै झै ५ बजे अगाडी नै पुगि साईकल स्टेन्डमा साईकल राखी नया बिल्डिङको अबलोकन गरे। नया बिल्डिङ भएकोले होला आज बिध्यार्थिहरु निकै धेरै देखिन्थे,कम्युटर ल्याब,पुस्तकालय लगायत,कोठाहरुमा पनि नया फर्निचर,नया टिबि,प्रोजेक्टर लगायत बिभिन्न कुराको ब्यबस्थित गरिएको रहेछ यो नया बिल्डिङमा । मेरो कलास बेलुकाको ७ बजे सकेर यसो नया कम्युटर ल्याब मा छिरौ कि भनि यसो ईमेल चेक गर्दा र नेपालको गतिबिधि हेर्दैमा करिब ९ बजिसकेको रहेछ । डेरातिर लाग्नु पर्यो भनि बाहिर साईकल स्ट्यान्डमा गएको त साईकल लक चाहि त्यहि राखेको तर साईकल चाही छैन, एकैछिन त डंङ्ग परे । अनि बिल्डिङको अफीसमा गएर रिपोर्ट गरेको त मन नलाई नलाई अर्को बिल्डिङमा रिपोट् गर्न भनिन, त्यहा गएको फेरि अर्को बिल्डिङमा भने। ३,४ ठाउमा गएपछी बल्ल बिल्डिङ सेक्युरिटी भन्ने ठाउमा रिपोर्ट बुझाए । यत्रो ठुलो एसोसिएसनको पनी कस्तो नराम्रो ब्यबस्था, बोलिचालि देखी सबैकुरा मलाई जापानको याद आयो ।
अनि यसो घडी हेरेको त १० बजिसकेको रहेछ । डेरामा फर्किन बसको को सम्भावना नै थिएन, हिडन सुरु गरेको (निकै छीटो पाईला चाल्दै) डेरासम्म आउनलाई ठ्याक्कै डेढ घण्टा लागेछ । अनि बिशेष समस्या चाहि भोलीदेखि कसरि आवतजावत गर्ने होला भन्ने कुरा लाग्यो । मैले ३ महिना अघी मात्र किनेको यो नया साईकल म जहा जादा पनी यो हितैसी २ पान्ग्रे मित्र संगै जाने गरेको । सबभन्दा त मलाई साईकल हराएको पीर भन्दा पनी हराएको रिपोर्ट गर्दा गरेको तितो अनुभब,दिडदा दुख पाएको कुरा सम्झिदा अमेरिका प्रति आज मलाई नरमाईलो छाप बस्यो ।
हेरौ आगामी दिनहरू । । ।

No comments: