Monday, June 30, 2008

Euro Final Soccer Match (Spain VS German)

मित्र हरु लन्च लिदाको एक झलक
गेम हेर्दै गर्दाको एक झलक
सबैजना खानामा मस्त

सरद डायरी । आइतबार, अषाढ १५, २०६५

आज यूरो चाम्पियन फाइनल संक्कर गेम (जर्मन र स्पेन बिचको) हेर्ने प्रोग्राम बनेकोले लागियो मित्रको घर तीर । सवा ११ बजेतिर नै पुगियो। मित्रहरूले धेरै नै मिहेनेतका साथ थुप्रै थरिका परिकारहरु बनाउदै हुनुहुदो रहेछ । भित्र पोस्न अगाबै खुबै मिठो बास्ना को साथै सबै जना गेम हेर्नको लागी आतुर थियौ । गेम साढ़े ११ बजेबाट शुरू भयो । पहिलो २० मिनट जति खुबै पेलेको थियो जर्मनले स्पेनलाई । तर गोल गर्न नसकेपछि त आयो पालो स्पेनको । स्पेनका खेलाडी सबै होचा भयपनि धेरै छिता,छरिता र अधिकतम उत्क्रिस्ठ खेलाडी हरु प्राय देखिन्थे ।
पहिलो हाफ २० मिनट पछी लगातार एकलौती स्पेन ले पेल्नु पेल्यो । फलस्वरूप पहिलो हाफ मा स्पेन ले १ गोल गर्न सफल भयो । अनी हाफ टाइम मा खाना खाने सल्लाह अनुरूप खाना खान लागियो । निकै धेरै खानाको परिकार र मिठो भयकोले खाना खान पनी निकै टाइम नै लाग्यो ।
सबैजनाले खाना खाईसकेपछि थिक्कै पछिल्लो हाफ सुरु भयो । गेम निकै घमसान भयता पनी १ का बिरुद्ध ० गोलले स्पेन ले जित हात पार्न सफल भयो ।

Saturday, June 28, 2008

Driving Return Test

सरद डायरी । शुक्रबार, अषाढ १३, २०६५

आज म क्यालिफोर्निया को ड्राइविंग लाइसेन्स को लागी रिटर्न टेस्ट दिनको लागी जाने दिन भएकोले अर्को मित्र को डेरा म गए । किनभने अर्को मित्र पनी म संगै रिटर्न टेस्ट दिन जाने सल्लाह भएको थियो ।
क्यालिफोर्निया को नियम अनुसार पहिला लिखित परीक्षा (रिटर्न टेस्ट) पास दिएर पास गरेपछि मात्र ड्राविंग टेस्ट दिनुपर्ने
रहेछ ।
अनी अर्को मित्रले उहाको कारमा दिएमभी (ड्राइविंग मोटर व्याकोल) सम्म पुर्याईदिने कुरा राख्नु भयो । अनी खाना खाईवोरी लागियो दिएमभी तीर । १५ मिनट मै पुगियो दियेमभिमा । आज निकै नै मान्छेहरू कम थिए सायद समर व्याकेशन भएर होला जस्तो लाग्यो । एकैछिनमा फार्म हरु भरी फोटो खिच्ने काम पनी सकियो । अनी पासियों रिटर्न टेस्ट को लागी परीक्षा कोठामा । मैले जापानिज भाषादिने कुरा बताए । अनी डेस्क को महिला ले तिम्रो नाम नै अर्कै छ , तिमी जापानिज त होइनौनि हगी ? भनेर सोधिन ? हो म नेपाली नागरिक हु तर मलाई जापानिज भाषा आउने कुरा बताए । र महिले जापानिज भाषा मै टेस्ट दिने कुरा बताएपाछि उनले ओके भनिन र परिक्षाको कागज ३ पत्रि दिईन । जस्मा प्रश्न उत्तर ३६ वोटा र सिग्नल सम्बन्धी को प्रश्न १२ वोटा गारी जम्मा ४८ वोटा हुदो रहेछ , जस्मा ६ वोटा भन्दा बढि मिस्तेक गरेमा फेल हुदो रहेछ ।
महिले परीक्षा दिएर उनलाई बुझाए , उत्तिनिखेरै रिजल्ट आउदो रहेछ , मेरो जम्मा २ वोटा मात्र मिस्तेक भएको रहेछ । म पास भए र उनले ड्राइविंग तेस्तको लागी १ नंम्बर मा जान भनिन । अर्को मित्रले पनी टेस्ट पास गर्नु भएको रहेछ । उहाको लागी भने रिटर्न टेस्ट मात्र पास गरेपछि लाइसेंस पाउनुहुनेरहेछ । किनभने उहाले अमेरिका अर्को स्टेट को लाइसेन्स पहिल्यै ल्याइसक्नु भएकोले रिटर्न टेस्ट मात्र पास गरेहुदो रहेछ ।
अनी म १ नंम्बर को डेस्क म कुरा बुझ्न गए । तर अहिल्यै रिजर्ब नगरे बेस हुन्छ भनी मित्रले सुझाब दिनु भएकोले सोधेर मात्र देरातिरै १ घंटा लगाएर फ़र्कियौ ।

Tuesday, June 24, 2008

Artezia

इंडियन गरगहना पसल
कुर्था सुरुवाल र साडीको पसल
पुरी र चना मसाला (हामीले ले खाएको लन्च)
रेस्टुरेंट भित्रको एक झलक

सरद डायरी । सोमबार, अषाढ ९, २०६५

मलाई अमेरिकामा धेरै सहयोग गर्ने मित्र संग आज हिन्दी चलचित्र हेर्न जाने कुरा भए अनुसार ५ बजे नै मेरै डेरा मा गाड़ी लियर आउनु भयो । अनी मेरो रूम मेट मित्र को छोरी लाई लियर लागियो चलचित्र हल भयको ठाउ आर्तेजिया तीर । उक्त आर्तेजिया भन्ने ठाउँमा चाही लसंएन्ज़ेलस दाउंनताउंन र हाम्रो देराको बिचैमा पर्ने अनी थुप्रै इंडियन पसल,हलाल फ़ूड, रेस्टुरेंन्ट लगायत हामी नेपालीहरु र इंडियन हरु लाई चाहिने संपूर्ण सामान हरु पाइदो रहेछ । अनी यो ठाउलाई इंडियन मार्केट भनेर पनी चिनिदो रहेछ, अनी अर्को रमाइलो कुरा चाही हाम्रा करिब ५०० जना नेपाली दाजूभाइले कामदार को रुपमा यो मार्केट नै संचालन गर्नु हुदो रहेछ मित्रको भनाइ अनुसर । जे होस हल मा टिकेट लियर छिरियो । अनी हल भित्र कास्टिंग सो भई राखेको रहेछ तर हल भित्र त हामी पहिलो तीन जना मात्र भयौ । केहिछिन पछी इंडियन जस्ता मान्छे ४ जना आय, मलाई अचम्म लागेको कुरा चाही हामी ७ जनाले मात्र तेत्रो ठुलो चलचित्र हल नै रिजर्व गरेजस्तो भान भयो ।
मित्रलाई सोद्धा नेपाली हरु को छुट्टी नपरेंकोले आज सुनसान भएको रे नेपाली हरुको छुट्टी परेको दिन पर्यौ भने त काठमान्डौकै चलचित्र हलमा जस्तै हुंन्छ रे जे होस धेरै बर्षको अंन्तरालमा पुरी इंडियन चलचित्र हेरेकोले होला निकै रमाइलो लाग्यो बहिर निकलदा ९ बजिसकेको थियो । मित्रले डिनर को लागी राम्रै इंडियन रेस्टुरेंन्ट मा लानु भयो । मित्रले करी ,नान र राइस अर्डर गर्नु भयो । एकैछिन खाना टेबुल मा ल्यायो वेटर ले तर नान हेर्छु प्लेन नान पनी सबै डढेको छ, गार्लिक नान पनी सबै डढेको , अनी राइस र करी खाई नान पनी थोरै मात्र खाईयो अनी मित्रलाई यो त उनी हरुलाई जानकारी गराउदा राम्रो होला भनी मित्रले वेटर लाई के भन्नु भएको थियो, त्यसले त आफैले मेनेजर लाई भन जस्तो पो गर्यौ । चित्तै नबुझे पछी फेरी मेनेजर जस्तो लाई भनेको त उसले पनी तेती वास्तै गरेन । अनी मलाई संम्झना आयो जापानको, यदि जापानमा भएको भए भनेर । । ।

Saturday, June 21, 2008

Dinner Party at Los Angeles Downtown

मित्रहरु डिनर लिदै क्यामेरा तीर
मित्रहरू स्टेज पार्फरर्मन गर्दै
मित्रहरु मिसेस वोल्दको पार्फरर्मन गर्दै

सरद डायरी । शुक्रबार, अषाढ ६, २०६५

दिउसोको बार्बेक्यू मा लिर्छुंप्प कपडा रुझेकोले कोठा मा त जसरी पनी फर्कनु पर्ने भयो, एकजना साथीले (सेन) घरमा पुर्याइदिनु भयो । अनी बेलुका पनी उहासंगै डिनर पार्टी मा लोसंएन्जेलस डाउनताउन जाने कुरा भयो उहासंग । कपडा फेरी नुहाइधुहाई गरि एकैछिन आराम गरे । एकैछिन मा जाने समय भएछ, उठेर कपडा फेरीवोरी लागे मित्रलाई भेट्न । अनी साथिहरु लाई भेटी म्यूजिक का सामान हरु लोड गरि लागीयो डाउनताउन तीर । किनभने बेलुका म्यूजिक कंसर्ट लगायत अन्य पार्फरमण गर्ने कार्यक्रम पनी रहेछ । अनी एकैछिन मा हाईवोयमा लागीयो तर समस्या चाही ट्राफिक जाम परियो । जे होस जसोतसों ढेड घन्टामा डाउनताउनमा पुगियो ।

पार्टी को केहि झलक (भिडियो क्लिपमा)

Funny Barbekyu Party

मित्रहरु संग सामूहिक फोटो
एस.के,ले हम्बर्ग र ससेज़ पोल्दै गर्दाको एक झलक
हितैसी मित्र संग फोटो खिचाउदै एस.के
अर्को महिला मित्र संग फोटो खिचाउदै एस.के

सरद डायरी । शुक्रबार, अषाढ ६, २०६५

आज शुक्रबार को दिन समर व्याकेसन भोलिबाट शुरू हुने भएकोले दिउसो बार्बेक्यू पार्टी र बेलुका लोसंएंन्ज़लस दाउंनताउनमा ठुलो डिनर पार्टी थियो । पुर्ब तयारी अनुसार नै साथिहरु संग भेट्घाट गरि लागीयो पार्कतीर । केही समय मा नै पुगियो पार्क मा । त्यहा अरु साथिहरु पनि आइसक्नुभएको रहेछ । कोही भलिबल कोही बास्केटबल र कोही बेसबल खेल्दै थिए भने कोही साथिहरु बार्बेक्यू को लागि तयारी गर्दै हुनुहुन्थ्यो । पार्क मा बार्बेक्यू को लागि अनी मनोरंजन को लागि सबै ब्यबस्थित थलो रहेछ । ससाना केटाकेटी देखी ठूला मान्छेलाई समेत खेल्ने ठाऊ अनी बार्बेक्यू को लागि त झन सबै सेट रहेछ । घर,बेन्च,टेबुल,पानी,बत्ती,पकाउने ठाऊ सबै रहेछ । एकैछिन पछी बार्बेक्यू को सामान आइपुग्यो । क्रिसिएनले मलाई पकाउंनको लागि सहयोग को माग गर्नुभयो । म लागे हम्बर्ग र ससेज पोल्न । म लगाएत ३ जनाले करीब १ घंतामा सबै पोलर सकियो अनी खान लागीयो सबै साथिहरु मिलेर । करीब ५० जना जति जम्मा भएको उक्त बार्बेक्यू पार्टी निकै रमाइलो र शौहार्द रुपमा सम्पन्न भयो । अन्तमा सबैजना खेल खेल्न मा लागीयो । म बेसबल को पिच्चर देखि ब्यादमेंतन्तन,भलिबल,बास्केटबल सम्म खेल्न भ्याए । निकै गर्मी भएकोले अन्तमा एकजना साथीले पानी ले ख्याल गरेर के छेप्नु भाको थियो अनी त सुरु भयो पानी ले छेप्ने होली । सायद १ जना पानी थिएननहोला नरुझेको साथी । मेरो त झन सबै कपडा लिछुप्पै भएछु । जे होस यो बार्बेक्यू पनी मेरो लागि अबिर्स्निए र रमाइलो क्षेण को रुपमा रहयो ।

Sunday, June 15, 2008

Football Match

हाम्रो टीमको सामूहिक फोटो
खेल सकेर पिज्जा र पेय पदार्थ लिदै
खेल खेल्दा गर्दाको एक झलक
बिजयी टीम ले सामूहिक फोटो खिचाउदैं
एस.के,मित्र संग फोटो खिचाउदैं


सरद डायरी । आइतबार, अषाढ १, २०६५

आज हाम्रो फुटबल म्याच भएकोले ७ बजे नै उठे । मलाई साढे ८ बजे साथिहरुसंग भेटने समय दिनु भएकोले म आठै बजे ब्रेकफास्ट खाइंवोरी सरसामान प्याक गरी लागे भेटने ठाउंमा । तर साथिहरू ८:४५ हुदा पनी नआएपछी फ़ोन गर्दा पो थाहा भयो । उहाहरुले आजको म्याचको जिम्मा लिएको हुनाले सबै सरसमान गाढ़ीमा लोड गर्दा ढिलो भएको रहेछ । केहि छिनमै आइपुगेपछि टेलीफोन सम्पर्क गर्ने जानकारी गराउनु भयो । एकैछिन पछी फ़ोन आयो र भेताघट गरी लागियो ग्राउंन्दं तीर ।  करीब १५ मिनेट्मा ग्राउंन्दं पुगेपछि सरसमान निकाली गोल पोस्ट बनाउने । ग्राउंन्दंको रेखा लगाउने काम सबै २० मिनट मै सकियो । अनी मात्र दर्सक, खेलाडीहरु र म्याचका सम्बन्धित मान्छेहरू धमाधम आउन थाले । करीब ११ बजे तीर ४ टिमको २ वोटा ग्राउंन्दमा एकैचोटी खेल सुरु भयो ।  म मेरो तिमको गोल कीपर को रुपमा खेलमा समाबेश भए । प्रतिदंधी भन्दा हाम्रो टीम धेरै माथी भएकोले हाम्रो खुत्तामा मात्र बल खेलाउन सफल भयौ सबभन्दा त मलाई धेरै सजिलो भयो । ५,७ पटक भन्दा बढ़ी मैले बल छुन पाइन की ?
जे होस , हामिले ४ गोलले जित हात पार्न सफल भयौ । अनी फाइनल गेम चाही म नखेल्ने निश्चित गरे,किनकी मेरो खुट्टा अचम्म संग दुखिराखेको थियो । अनी टीम क्याप्तैन संग कुरागरी मेरो सत्ता मा अर्को साथि खेल्नुभयो । उत्त फाइनल गेम चाही अत्यंतै स्तरीय र निकै घमसान भयकोले दर्सक को रुपमा हेर्न चाही निकै रमणीय थियो । पहिलो हाफ सम्म हामिहरूले जितिराखेका थियौ तर बाकि १५ मिनट मा बराबर गोल भयो अनी थप समय मा त १ का बिरुद्द ० ले हार पो खान परयों, जे होस खेल निकै स्तरीय र रोचक भयको कुरा सबैले महासुश गरेका थिय ।

With my friends

सरद डायरी । शनिबार, जेष्ठ ३२, २०६५

आज शनिबार छुट्टी को दिन भएपनी मेरो नाजिकैको मित्रले घर सर्ने सूचना दिनु भएकोले ढीला सम्म सुत्ने मन भएता पनी निन्द्राले भने छिटै छोडयो ।
अनी ब्रेकफास्ट खाइवोरी सुपर किंग नामक सुपर मार्केट मा १ हप्ताको लागी सरसामान किन्न लागियो । सुपर किंग मा निकै सस्तो र सबै कुरा पाउने भएकोले सबै जनाले धेरै प्रयोग गर्दा रहेछन सपिंग सकेर डेरामा फर्कियौ । अनी खाना खाइवोरी लागे मित्रको डेरा तीर । म पुग्दा २,३ जना साथिहरू आई सक्नु भएको रहेछ, उहाहरुले पोका पन्तुराहरू पोका पार्दे हुनुहुदोरहेछ । म पनी साथ दिन सुरु गरे । अनी सबै सकेर सोफा,फर्निचर र बेद हरु पनी सबै गाड़ी मा राख्योँ । जे होस सबै सरसामान सारेर फर्किदा रातीको ११ बजिसकेको थियो । सबै जना सॅगै बसी १,१ त्वाक लागाइयो । अनी गफ गर्दै खाना खादा त साढे बाहृ भैसकेको रहेछ मेरो भोली फुटबल म्याच भएकोले सबै संग बिदाबाजी भई लागे बेडतीर साथिहरू त साढे एक बजे सम्म बसेको कुरा भोली पल्ट पो थाहा पाए ।

Thursday, June 12, 2008

Continuing Education College-2

हेनरी टीचरले कलास लिदाको एक झलक
मित्रहरु कलास लिदै गर्दाको एक झलक


सरद डायरी ।  बुधबार, जेष्ठ २९, २०६५

आज बेलुका कन्तिन्यु एडुकेशन कलेजमा कयास्सिस नामक परि़क्षा दिन हतार हतार गरी लागे अनी ५ बजे नै पुगे कलेज मा । सरले प्रश्न उत्तर र पेन्सिल बादढै आउनु भयो । बास्तभमा महिले उक्त  परि़क्षा एकदिन अघाढि साढे सात बजे बेलुकाको क्लास मा दीइंसकेको र त्यती राम्रो नभएकोले आज फेरी दिने मनासाय बनायर आएको थिए । अनी सर लाई महिले हिजो पनी यो परि़क्षा दिएको र आज फेरी दिन मिल्छ की मिल्दैन भनी सोद्धा पो सरले एकाचोती भन्दा नमिल्ने जानकारी दिनु भयो ।
मेरो आफ्नै कमजोरी र पूर्ब खोजतालास बिना १,१ घंटा लगाएर आएको बेकार हुने भयो भनी सोची हिस्सै परेको त , सर ले किताब को खात देखाउई सित्तिमै १ जनाले १ वोटा लिएर जानू भन्नु भयो । यसो हेरेको त मलाई मन परेको किताब ३ वोटा देखे । अनी मैले ३ वोटा लान्छु है भनेको त सर ओके भन्नु भयो , जे होस परि़क्षा दिन नपायपनी खोजेको किताब पाएकोले म लक्की नै होला ।

Wednesday, June 11, 2008

Casas Test

सरद डायरी । मंगलबार, जेठ २८, २०६५

आज कन्तिन्यु एडुकेशन कलेजमा क्यासेस नामक परिक्षा दिनुपर्ने भएकोले म बेलुकाको ७:३० बजे परीक्षा कोठामा छिरे ।
प्रस्नहरू जम्मा ३७ वटा मात्र भएता पनी प्रश्न भने धेरै लामो थियो । तर त्यती गाह्रो भने लागेन । मलाई उक्त परिक्षा सक्नलाई करिब २ घंटा बढ़ी लाग्यो । परिक्षा दीईंरहेको समयमा मामाले फ़ोन गर्नु भयको रहेछ ।
मामा आज बेलुका न्युयोर्क जानु हदों रहेछ ।
बाटो बाट फ़ोन गर्नु भयको थियो । न्युयोर्क मा नेपाली यम्बेसी मा काम भएको र आफ्नो काम पनी भोली छुट्टी भयको हुनाले आज राती हिड्न लाग्नु भएको रहेछ । करिब ३,४ घंटा लाग्छ रे अनी भोली नै काम सकेर बोस्टन फर्किने कुरा गर्नु भएको थियो । जे होस काम सकेर फेरी फोन गर्छु भन्नु भएको थियो ।

Tuesday, June 10, 2008

Continuing Education College-1

सरद डायरी । सोमबार, जेठ २७, २०६५

आज सधैकै समय मा उठन साकिन किनभने अस्थि को फुतबल खेल्दाको थकाई अझै मेतिएको थिएन । आज बेलुका ५ बजेदेखी एउटा अग्रेजीको क्लास लिनुथियो । जसको नाम कोन्तिन्यु एडुकेशन कलेज हो ।
उक्त सस्था अमेरिकन गवर्मेंट द्वारा संचालित र बिदेशी नागरिकको लागी सबै फ्री मा क्लास हुन्छ । तर उक्त क्लास लिनको लागि परिक्षा र कलेजको फर्म भर्न जरुरी हुन्छ ।
मैले १ महीना अगाड़ी नै परिक्षा दिएर कलेज जान शुरू गरिसकेको थिय ।
उक्त कलेजको मेरो क्लासको गुरुको नाम हनरी हो । उहा अत्यन्तै सरल , मिजासिलो , रामाइलो र पढाउने टेक्निक पनी धेरै राम्रो भएको हुदा उहालाई सबै बिधार्थीहरुले मन पराउछन ।
मेरो क्लासमा सधै बिधार्थीहरु धेरै भएर बस्ने ठाऊको समेत जहिले सुकै समस्या उत्पन्न हुन्छ ।
उहाले आज एकजना प्रख्यात पेन्ट्ररको बिषय मा क्लास लिनु भयो । जून पेन्ट्ररको नाम् वेंन्गो हो ।
उनी होल्यान्द्का नागरिक रहेछन , एकदमै राम्रा कला भयता पनी उनलाई आफ्नो कला बेचेर खान समेत नपुग्दो रहेछ उनी धेरै दुख पाई दुखित भई अन्तमा आत्मा हत्या गरेर मरेछन तर उनी मरिसकेपछी उनको चित्रकला यती मंहगो रकममा बिक्री भयछ र उनको नाम हाल आएर कला क्षेत्रमा अत्यन्तै चर्चित भएको रहेछ ।
यो कहानी यहा सबै लेखन सक्दीन तर यो अत्यन्तै ज्ञान बर्दक र रर्माइलो लाग्यो ।

Monday, June 9, 2008

I can`t forgot this Sunday

सरद डायरी । आइतबार, जेठ २६, २०६५

आज बिहान हात खुट्टा र पुरै सरीर दुखेर चलाउंनै नसक्ने गरी दुखेको थियो, के को उठ्नु सक्नु हो ?
बलबल उठी दात माझी ,मुख धोए । सायद यस किसिम को अनुभव मैले धेरै बर्समा गर्दैछु ।
यही कारन आज मेरो बिहान मन्दिर जाने र दिउसो समुद्रमा खेल्न जाने प्रोग्राम पनी चकनाचूर भयो ।
जे होस यो पनी मेरो लागी एउटा नया र नौलो अनुभब को दिन भयो । बरु २ हप्ता पछी हुने म्याचमा सम्मिलित हुन नसक्ने हो की भन्ने पीर लागिराखेको छ । किनभने मेरो नाम दर्ता भैसकेको छ र मलाई जसरी भायापनी खेलिदीन अनुरोध आएकोले हो । साथिहरू संग सल्लाह गर्दा पहिला चोटी र एकैचोती धेरै ढपधि भएर हो भन्ने कुरा राख्न्नु भयो । त्यों पनी कुरो ठीकै हो जस्तो लाग्यो।
आज दिनभरि देरामै बसी ब्लग लेक्ने, नेपालको समाचार हेर्ने,साथिहरूसंग च्यात गर्ने र मेल लेख्न्नें काम मात्र भयो ।
जे होस यो पनी मेरो लागि एउटा अबिस्मरनिए दिनको रुपमा रहेको कुरा चाही सायद दुइमत नहोला । । ।

Sunday, June 8, 2008

Football Practice -1

सरद डायरी । शनिबार, जेठ २५, २०६५

आज जून ७ तारीख शानिबार बेलुका साढ़े चार बजे तीर कयालस्टेट यूनिवर्सिटी को फुट्बल मैदानमा फुटबल खेल्नको लागी हामिहरूको पुर्ब योजना अनुरूप सबैजना जम्मा भयौ । म लगायत मेरो साथिहरू ५ जना (अमेरिकन साथी १ जना , ३ जना टर्की ) भेट भयों , हामी ५ जना र कयालस्टेट यूनिवर्सिटी का केहि साथिहरू र अफ्रीकन टिमको साथिहरू गरी २२ जना पुग्यों मेरो टिमको कलर टिसटं र प्रतिदन्दीको चाही सेतो टिसटं मा फेरेर खेल सुरु भयो ।
म मेरो टिमको देब्रे साईदको दिफेंसमा खेले , जति मेरो जोस जागर र फुर्ती थियो तर सोही अनुसार को खेल खेल्न भने सकिन , किनभने फुटबल धेरै बर्ष को अंतरालमा खेलेको कारण,स्तामिना पनी धेरै घतिसकेको र अन्य खेलाडी हरु धेरै स्तरिय भएको कारण होला, जे होस जसोतसो १ घंटा खेले पनी म तिरको बल ७ पटक रोकन सफल भए ।
जतिखेर मैले बल रोक्थे मेरो टिमको साथीहरूले ताली बजाएर साथ दिन्थे, अफ्रीकन साथिहरू अत्यंततै हशिला फुर्तीला र राम्रा खेलादिहरू धेरै थिए ।
करीब २ घंटा पछी म निकै राम्रो खेल्ने भएपछि मलाई गोल कीपर मा खेल्न अनुरोध आयो , गोल पोस्ट निकै ठुलो र म कीपर पोजेसन म खेल्ने अनुभव नभएको कारण ले गर्दा बाकि १ घंटा म ५ गोल खाईयों , जेहोस जम्मा जम्मी हाम्रो टिमको ११ गोल र प्रतिदन्धीको चाही ८ गोल भएको हुनाले हामीले जित हात पार्न सफल भयौ ।
करीब साढ़े सात बजेतिर कपडा फेर्दै थिए जापान बाट १ जना मित्र ले फ़ोन गर्नु भयो , एकैछिनको कुराकानी पछी साथिहरू बिदाबाजी भएर देरातिर लागे , देरामा पुगेको के थिए हाताखुत्ता र पुरै शरीर बिस्तारै दुखन शुरू भयो ।
हुन पनी अमेरिका आएपछी एकैचोटी एत्रो गारो एक्सरसाईज भयो पहिलो दिन , सायद भोली त बिस्थारा बाटै उठ्नै नासकिने हो की , हेरौउ भोलिको दिन 

Saturday, June 7, 2008

Korean Barbekyu in Jim`s House

मित्रहरु संग तास खेल्दैको एक दृश्य
कोरियन बारबेक्यूको तयारी गर्दै
खाना खाने तयारी गर्दै मित्रहरु मित्रहरु सबैले खाना खादैको एक झलक

सरद डायरी । शुक्रबार, जेठ २४, २०६५

आज अमेरिकन मित्र जिमको घरमा बार्बेक्यूं पार्टी थियो ।
मलाई मेल मार्फ़त पूर्ब जानकारी आएको हुनाले र शुक्रबार पनी भएकोले छिटै जिमको घरमा जाने निधो गरे ।
आज जिमको घरमा म लगायत करिब (जापान, कोरिया,ताइवान,टर्की, मलेसिया,थाई,ब्राजील,भेतनाम, नेपाली, अमेरिकन) १० देशको नागरिक करीब १९,२० जना जति जम्मा भयका थियौ । जिमले आज धेरैलाई बोलाउनु भएको रहेछ । नया साथिहरू पनी हनु भयकोले सुरुआत परिचय कार्यक्रम बाटै भयो ।
परिचय कार्यक्रम सकियपछी जिमले आफुलाई गर्न मन लागेको कुरा ( तास, तेबलतेंनिस, कोही डीवीडी र टीवी) गर्न मन लगेको कुरा गर्नुस भंनुभयो । अनी म लागे तेबलतेंनिस खेल्न । म संग जापानी मित्र आया,तर्किको मित्र ओहोजू र कोरियाको मित्र राबर्ट गरी टेबल टेनिस खेल्न लाग्यौ ।
पहिला डबल गेम मा म, टर्की को मित्र १ ग्रुप र अर्को ग्रुप मा कोरिया ,जापानी भई खेल्यों ।
मेरो टिमले लगातार २ गेम जित्यौ , साथै म सिंगल खेल्दा पनी महिले नै जित हात पार्न सफल भए ।
ठिक्कै खेल सकिने बितिकै हम्बर्ग हरु पनी तयार भएको थियो खानको लागि जिम ले हामीलाई बोलाउनु भयो ।।अनी लगियो अमेरिकन हम्बर्ग, फ्रूट सलाड र ड्रिंक खादै कुराकानी म मस्त भइयो ।
पत्यै नपाई बेलुकाको १० बजिसकेको रहेछ । अनी लागियो देरातिर ।

Sunday, June 1, 2008

San Diego Beach

अनौठो सेतो हास जस्तो चरा (मान्छेसंग नडराउदो रहेछ)
मित्रसंगको एक झलक
हाम्रो चारपाग्रे हितैषी संगको एक झलकएस,के, को सान्डियगो बिचमा एकल फोटो
मित्रहरु संग बिचबाटोमा खिचेको फोटो

सरद डायरी ।  शनिबार, जेष्ठ १८, २०६५

सान्डिएगो भन्ने शहर क्यालिफोर्नियाको एक प्रमुख शहर हो । जहा एकदमै राम्रो समुन्द्र र बिश्वकै सबभन्दा ठुलो चिदियाखाना पनि यसै ठाउमा पर्दछ ।
यहि सान्डिएगो शहरमा मित्रले हामिलाई घुम्न जाने प्रस्ताव राख्नु भएकोले बिहानै जम्मा भईयो ।
म लगायत सबैगरि जम्मा ५ जना मित्रहरु खाना खाईवरि तुरुन्तै लागियो गन्तब्य तिर ।
मोटर फ्रिवयमा करिब साधे दुई घण्टा कुदाएपछी समुन्द्रमा पुगियो । समुन्द्र यस्तो सफा र रमणिय स्थल थियो । त्यसैमाथी पनी एकदमै राम्रो दिन गरेकोले समुन्द्रको टाढा टाढा सम्म देख्न सकिन्थ्यो । कोहि पौडी खेलेका,कोहि बोटमा चढेका, भने कोहि स्कुबर डाईभिन्ग गरेको छलङ्ग देख्न सकिन्थ्यो ।
हामिहरु पनी करिब डेढ दुई घण्टा त्यहाकै बातावरणमा रमाउदै फोटो पनि खिचियो ।
अनि मित्रको मित्र यो एरिया बस्नुहुने रहेछ , उहाको मा जाने कुरा भएबमोजिम सम्पर्क गर्दा उहाले आउन भन्नुभएकोले करिब आदि घण्टा गाडी कुदाएपछी उहाको मा पुगियो ।
उहा २ बर्ष अगाडी सान्डीयगोमा सर्नु भएको र हाल नेपाल देखी बुवा,मुवा र दिदि पनि घुम्न आउनु भएको रहेछ । सबैजना संग चिनापर्ची र गफगाफ गर्दै चिया,बिस्कुट खाईयो ।
अनि हामि फर्किने भनेर उठन लागेको त कहा फर्किन दिने हो, मम खाएर जानुपर्छ भन्ने प्रस्तावले गर्दा मम खाईवोरि डेरामा फर्किदा त रातीको १२ बजिसकेको रहेछ ।