Sunday, June 15, 2008

With my friends

सरद डायरी । शनिबार, जेष्ठ ३२, २०६५

आज शनिबार छुट्टी को दिन भएपनी मेरो नाजिकैको मित्रले घर सर्ने सूचना दिनु भएकोले ढीला सम्म सुत्ने मन भएता पनी निन्द्राले भने छिटै छोडयो ।
अनी ब्रेकफास्ट खाइवोरी सुपर किंग नामक सुपर मार्केट मा १ हप्ताको लागी सरसामान किन्न लागियो । सुपर किंग मा निकै सस्तो र सबै कुरा पाउने भएकोले सबै जनाले धेरै प्रयोग गर्दा रहेछन सपिंग सकेर डेरामा फर्कियौ । अनी खाना खाइवोरी लागे मित्रको डेरा तीर । म पुग्दा २,३ जना साथिहरू आई सक्नु भएको रहेछ, उहाहरुले पोका पन्तुराहरू पोका पार्दे हुनुहुदोरहेछ । म पनी साथ दिन सुरु गरे । अनी सबै सकेर सोफा,फर्निचर र बेद हरु पनी सबै गाड़ी मा राख्योँ । जे होस सबै सरसामान सारेर फर्किदा रातीको ११ बजिसकेको थियो । सबै जना सॅगै बसी १,१ त्वाक लागाइयो । अनी गफ गर्दै खाना खादा त साढे बाहृ भैसकेको रहेछ मेरो भोली फुटबल म्याच भएकोले सबै संग बिदाबाजी भई लागे बेडतीर साथिहरू त साढे एक बजे सम्म बसेको कुरा भोली पल्ट पो थाहा पाए ।

No comments: