Saturday, June 7, 2008

Korean Barbekyu in Jim`s House

मित्रहरु संग तास खेल्दैको एक दृश्य
कोरियन बारबेक्यूको तयारी गर्दै
खाना खाने तयारी गर्दै मित्रहरु मित्रहरु सबैले खाना खादैको एक झलक

सरद डायरी । शुक्रबार, जेठ २४, २०६५

आज अमेरिकन मित्र जिमको घरमा बार्बेक्यूं पार्टी थियो ।
मलाई मेल मार्फ़त पूर्ब जानकारी आएको हुनाले र शुक्रबार पनी भएकोले छिटै जिमको घरमा जाने निधो गरे ।
आज जिमको घरमा म लगायत करिब (जापान, कोरिया,ताइवान,टर्की, मलेसिया,थाई,ब्राजील,भेतनाम, नेपाली, अमेरिकन) १० देशको नागरिक करीब १९,२० जना जति जम्मा भयका थियौ । जिमले आज धेरैलाई बोलाउनु भएको रहेछ । नया साथिहरू पनी हनु भयकोले सुरुआत परिचय कार्यक्रम बाटै भयो ।
परिचय कार्यक्रम सकियपछी जिमले आफुलाई गर्न मन लागेको कुरा ( तास, तेबलतेंनिस, कोही डीवीडी र टीवी) गर्न मन लगेको कुरा गर्नुस भंनुभयो । अनी म लागे तेबलतेंनिस खेल्न । म संग जापानी मित्र आया,तर्किको मित्र ओहोजू र कोरियाको मित्र राबर्ट गरी टेबल टेनिस खेल्न लाग्यौ ।
पहिला डबल गेम मा म, टर्की को मित्र १ ग्रुप र अर्को ग्रुप मा कोरिया ,जापानी भई खेल्यों ।
मेरो टिमले लगातार २ गेम जित्यौ , साथै म सिंगल खेल्दा पनी महिले नै जित हात पार्न सफल भए ।
ठिक्कै खेल सकिने बितिकै हम्बर्ग हरु पनी तयार भएको थियो खानको लागि जिम ले हामीलाई बोलाउनु भयो ।।अनी लगियो अमेरिकन हम्बर्ग, फ्रूट सलाड र ड्रिंक खादै कुराकानी म मस्त भइयो ।
पत्यै नपाई बेलुकाको १० बजिसकेको रहेछ । अनी लागियो देरातिर ।

No comments: