Monday, June 30, 2008

Euro Final Soccer Match (Spain VS German)

मित्र हरु लन्च लिदाको एक झलक
गेम हेर्दै गर्दाको एक झलक
सबैजना खानामा मस्त

सरद डायरी । आइतबार, अषाढ १५, २०६५

आज यूरो चाम्पियन फाइनल संक्कर गेम (जर्मन र स्पेन बिचको) हेर्ने प्रोग्राम बनेकोले लागियो मित्रको घर तीर । सवा ११ बजेतिर नै पुगियो। मित्रहरूले धेरै नै मिहेनेतका साथ थुप्रै थरिका परिकारहरु बनाउदै हुनुहुदो रहेछ । भित्र पोस्न अगाबै खुबै मिठो बास्ना को साथै सबै जना गेम हेर्नको लागी आतुर थियौ । गेम साढ़े ११ बजेबाट शुरू भयो । पहिलो २० मिनट जति खुबै पेलेको थियो जर्मनले स्पेनलाई । तर गोल गर्न नसकेपछि त आयो पालो स्पेनको । स्पेनका खेलाडी सबै होचा भयपनि धेरै छिता,छरिता र अधिकतम उत्क्रिस्ठ खेलाडी हरु प्राय देखिन्थे ।
पहिलो हाफ २० मिनट पछी लगातार एकलौती स्पेन ले पेल्नु पेल्यो । फलस्वरूप पहिलो हाफ मा स्पेन ले १ गोल गर्न सफल भयो । अनी हाफ टाइम मा खाना खाने सल्लाह अनुरूप खाना खान लागियो । निकै धेरै खानाको परिकार र मिठो भयकोले खाना खान पनी निकै टाइम नै लाग्यो ।
सबैजनाले खाना खाईसकेपछि थिक्कै पछिल्लो हाफ सुरु भयो । गेम निकै घमसान भयता पनी १ का बिरुद्ध ० गोलले स्पेन ले जित हात पार्न सफल भयो ।

No comments: