Tuesday, June 10, 2008

Continuing Education College-1

सरद डायरी । सोमबार, जेठ २७, २०६५

आज सधैकै समय मा उठन साकिन किनभने अस्थि को फुतबल खेल्दाको थकाई अझै मेतिएको थिएन । आज बेलुका ५ बजेदेखी एउटा अग्रेजीको क्लास लिनुथियो । जसको नाम कोन्तिन्यु एडुकेशन कलेज हो ।
उक्त सस्था अमेरिकन गवर्मेंट द्वारा संचालित र बिदेशी नागरिकको लागी सबै फ्री मा क्लास हुन्छ । तर उक्त क्लास लिनको लागि परिक्षा र कलेजको फर्म भर्न जरुरी हुन्छ ।
मैले १ महीना अगाड़ी नै परिक्षा दिएर कलेज जान शुरू गरिसकेको थिय ।
उक्त कलेजको मेरो क्लासको गुरुको नाम हनरी हो । उहा अत्यन्तै सरल , मिजासिलो , रामाइलो र पढाउने टेक्निक पनी धेरै राम्रो भएको हुदा उहालाई सबै बिधार्थीहरुले मन पराउछन ।
मेरो क्लासमा सधै बिधार्थीहरु धेरै भएर बस्ने ठाऊको समेत जहिले सुकै समस्या उत्पन्न हुन्छ ।
उहाले आज एकजना प्रख्यात पेन्ट्ररको बिषय मा क्लास लिनु भयो । जून पेन्ट्ररको नाम् वेंन्गो हो ।
उनी होल्यान्द्का नागरिक रहेछन , एकदमै राम्रा कला भयता पनी उनलाई आफ्नो कला बेचेर खान समेत नपुग्दो रहेछ उनी धेरै दुख पाई दुखित भई अन्तमा आत्मा हत्या गरेर मरेछन तर उनी मरिसकेपछी उनको चित्रकला यती मंहगो रकममा बिक्री भयछ र उनको नाम हाल आएर कला क्षेत्रमा अत्यन्तै चर्चित भएको रहेछ ।
यो कहानी यहा सबै लेखन सक्दीन तर यो अत्यन्तै ज्ञान बर्दक र रर्माइलो लाग्यो ।

No comments: