Saturday, June 28, 2008

Driving Return Test

सरद डायरी । शुक्रबार, अषाढ १३, २०६५

आज म क्यालिफोर्निया को ड्राइविंग लाइसेन्स को लागी रिटर्न टेस्ट दिनको लागी जाने दिन भएकोले अर्को मित्र को डेरा म गए । किनभने अर्को मित्र पनी म संगै रिटर्न टेस्ट दिन जाने सल्लाह भएको थियो ।
क्यालिफोर्निया को नियम अनुसार पहिला लिखित परीक्षा (रिटर्न टेस्ट) पास दिएर पास गरेपछि मात्र ड्राविंग टेस्ट दिनुपर्ने
रहेछ ।
अनी अर्को मित्रले उहाको कारमा दिएमभी (ड्राइविंग मोटर व्याकोल) सम्म पुर्याईदिने कुरा राख्नु भयो । अनी खाना खाईवोरी लागियो दिएमभी तीर । १५ मिनट मै पुगियो दियेमभिमा । आज निकै नै मान्छेहरू कम थिए सायद समर व्याकेशन भएर होला जस्तो लाग्यो । एकैछिनमा फार्म हरु भरी फोटो खिच्ने काम पनी सकियो । अनी पासियों रिटर्न टेस्ट को लागी परीक्षा कोठामा । मैले जापानिज भाषादिने कुरा बताए । अनी डेस्क को महिला ले तिम्रो नाम नै अर्कै छ , तिमी जापानिज त होइनौनि हगी ? भनेर सोधिन ? हो म नेपाली नागरिक हु तर मलाई जापानिज भाषा आउने कुरा बताए । र महिले जापानिज भाषा मै टेस्ट दिने कुरा बताएपाछि उनले ओके भनिन र परिक्षाको कागज ३ पत्रि दिईन । जस्मा प्रश्न उत्तर ३६ वोटा र सिग्नल सम्बन्धी को प्रश्न १२ वोटा गारी जम्मा ४८ वोटा हुदो रहेछ , जस्मा ६ वोटा भन्दा बढि मिस्तेक गरेमा फेल हुदो रहेछ ।
महिले परीक्षा दिएर उनलाई बुझाए , उत्तिनिखेरै रिजल्ट आउदो रहेछ , मेरो जम्मा २ वोटा मात्र मिस्तेक भएको रहेछ । म पास भए र उनले ड्राइविंग तेस्तको लागी १ नंम्बर मा जान भनिन । अर्को मित्रले पनी टेस्ट पास गर्नु भएको रहेछ । उहाको लागी भने रिटर्न टेस्ट मात्र पास गरेपछि लाइसेंस पाउनुहुनेरहेछ । किनभने उहाले अमेरिका अर्को स्टेट को लाइसेन्स पहिल्यै ल्याइसक्नु भएकोले रिटर्न टेस्ट मात्र पास गरेहुदो रहेछ ।
अनी म १ नंम्बर को डेस्क म कुरा बुझ्न गए । तर अहिल्यै रिजर्ब नगरे बेस हुन्छ भनी मित्रले सुझाब दिनु भएकोले सोधेर मात्र देरातिरै १ घंटा लगाएर फ़र्कियौ ।

No comments: