Saturday, June 21, 2008

Funny Barbekyu Party

मित्रहरु संग सामूहिक फोटो
एस.के,ले हम्बर्ग र ससेज़ पोल्दै गर्दाको एक झलक
हितैसी मित्र संग फोटो खिचाउदै एस.के
अर्को महिला मित्र संग फोटो खिचाउदै एस.के

सरद डायरी । शुक्रबार, अषाढ ६, २०६५

आज शुक्रबार को दिन समर व्याकेसन भोलिबाट शुरू हुने भएकोले दिउसो बार्बेक्यू पार्टी र बेलुका लोसंएंन्ज़लस दाउंनताउनमा ठुलो डिनर पार्टी थियो । पुर्ब तयारी अनुसार नै साथिहरु संग भेट्घाट गरि लागीयो पार्कतीर । केही समय मा नै पुगियो पार्क मा । त्यहा अरु साथिहरु पनि आइसक्नुभएको रहेछ । कोही भलिबल कोही बास्केटबल र कोही बेसबल खेल्दै थिए भने कोही साथिहरु बार्बेक्यू को लागि तयारी गर्दै हुनुहुन्थ्यो । पार्क मा बार्बेक्यू को लागि अनी मनोरंजन को लागि सबै ब्यबस्थित थलो रहेछ । ससाना केटाकेटी देखी ठूला मान्छेलाई समेत खेल्ने ठाऊ अनी बार्बेक्यू को लागि त झन सबै सेट रहेछ । घर,बेन्च,टेबुल,पानी,बत्ती,पकाउने ठाऊ सबै रहेछ । एकैछिन पछी बार्बेक्यू को सामान आइपुग्यो । क्रिसिएनले मलाई पकाउंनको लागि सहयोग को माग गर्नुभयो । म लागे हम्बर्ग र ससेज पोल्न । म लगाएत ३ जनाले करीब १ घंतामा सबै पोलर सकियो अनी खान लागीयो सबै साथिहरु मिलेर । करीब ५० जना जति जम्मा भएको उक्त बार्बेक्यू पार्टी निकै रमाइलो र शौहार्द रुपमा सम्पन्न भयो । अन्तमा सबैजना खेल खेल्न मा लागीयो । म बेसबल को पिच्चर देखि ब्यादमेंतन्तन,भलिबल,बास्केटबल सम्म खेल्न भ्याए । निकै गर्मी भएकोले अन्तमा एकजना साथीले पानी ले ख्याल गरेर के छेप्नु भाको थियो अनी त सुरु भयो पानी ले छेप्ने होली । सायद १ जना पानी थिएननहोला नरुझेको साथी । मेरो त झन सबै कपडा लिछुप्पै भएछु । जे होस यो बार्बेक्यू पनी मेरो लागि अबिर्स्निए र रमाइलो क्षेण को रुपमा रहयो ।

No comments: