Sunday, October 9, 2011

निशुल्कमा आफ्नो ब्लग बनाउनुहोस्

सरद डायरि । आईतबार, आश्विन २२, २०६८
मेरो ब्लग पनि यहि डोमेईनमै यिनै प्रक्रिया अनुसार बनाईएकोले केहि जानाकारि गराउन चाहान्छु । अति सरल, सुलभ र निशुल्क भएकोले उपयोगि हुने नै छ । सोचेको भन्दा धेरै सजिलो भएकोले पहिला ट्राई गर्न चाहि नछाड्नुहोला ।

१) सर्बप्रथम नेट ब्राउजरमा www.blogger.com टाईप र Enter गर्नुहोस् ।
२) Create a blog मा क्लिक गर्नुहोस् ।


३) आफ्नो ईमेल address हाल्नुहोस् , password राख्नुहोस् , Display name र word verification code टाईप गरेर last मा acceptance of terms को चेक बक्समा tick लगाएर Continue मा क्लिक गर्नुहोस् ।

४)ब्लगको title लेख्नुहोस् र ब्लगको address URL टाईप गर्नुहोस् अनी Continue मा क्लिक गर्नुहोस् ।

५)अब तपाईंले ब्लग साईटको templete छान्नु पर्ने हुन्छ त्यसको लागि कुनै एउटा templete छानेर फेरी Continue मा क्लिक गर्नुहोस् ।

६) तपाईंको ब्लग लगभग तयार भयो । अन्तिममा Start Blogging मा क्लिक गर्नुहोस् ।

७) अब तल चित्रमा देखिए जस्तो window देखिनेछ , यो artical लेखेर post गर्ने window हो । Title मा आफ्नो artical को title लेख्नुहोस् र तल खाली ठाउमा artical लेख्नुहोस् र लेखी सके पछि Publish post मा क्लिक गर्नुहोस् । तपाईंको artical पोस्ट हुन्छ ।

No comments: