Monday, October 10, 2011

यसरि भयो थसेस जापानका प्रवक्ता राजु शेरचन दंम्पतिको शुभ-विवाह ।

सरद डायरि । आईतबार, आश्विन २२, २०६८
मेरो पारिवारिक नाताले साला ज्यु र सांगठानिक नाताले भन्नुपर्दा थसेस जापानको भाईटल पोस्टमा रहनु भएका यानिकि, प्रवक्ता पद सम्हाल्नु भएका प्रिय साला राजु शेरचनको जिबनमा १ पटक गरिने भनिने शुभ-कार्य आयोजना गरिने आजको दिन ।
नव बर राजु शेरचन र नव बधु समी गौचन बिच हुन गईरहेको यस शुभ-बिबाहको पावन अबसरमा मेरो पनि यस कार्यक्रममा केहि भुमिका निभाउनु पर्ने तथा पारिवारिक नाताले सहयोग गर्न पनि पर्ने भएकोले यस महत्वपुर्ण दिनमा सधै भन्दा केहि छिटो उठे । बेरान्डामा निक्लेर यसो बाहिर के हेरेको थिए, बिहानिको निलो आकाश संगै चम्किलो सुर्यको किरणले छलंङ्ग प्रष्ठ्याउथ्यो कि, मौंसमले पनि शुभ दिन संगै दौतरि मिलाएको जस्तो भान हुनुको साथै म पनि निकै खुशी र हर्षित भए ।
हामिलाई यस शुभ-बिबाह पार्टि(बेलुका) पुर्व (दिउसो) गरिने स्वंयम्बर कार्यक्रममा उपस्थितीको लागि समेत पारिवारिक (चेलिज्वाई) नाताले बिहानको ११:३० बोलाईएको थियो ।
सोहि बमोजिम किटान समय मै हलमा पुगेर नब बरका पुज्यनिय पिता र माता संगको चिनजानी ढोगभेट(पहिलो भेट भएकोले) सकेर हल खुल्न केहि समय अघि भएकोले कुर्चिमै बसेर केहि समय भलाकुसारि गर्दै पर्खियौं ।
पर्खिने क्रममै आयोजक परिवारको दाजुभाई (नर्जफोवै परिवार), चेलिज्वाई परिवा र केहि सहयोगि ईष्टमित्र र शुभचिन्तकहरुको पनि करिवन आगमन भयो र हलुका हाईहेल्लो पनि गरियो ।
केहि बेर पछि हल खुलेको खवर आएपछि हलमा पसेर, कार्यबिभाजन अनुसार, किचनको ब्यबस्थापन कार्य, हलको लेआउट कार्य, शुभ-बिबाहको ब्यानर टाग्ने कार्य, खाना र बारटेन्डको लागि टेवल मिलाउने कार्य, पाहुनाको लागि टेवल कुर्चि मिलाउने कार्य, प्रोजेक्टर सेठ् , म्युजिक माईक सेठ्, स्पिकरको सेठ् आदि ईत्यार्दि सम्पुर्ण काम सक्यौं ।

तत्कालै स्वंयम्भर गर्ने समय भएकोले चेलीहरुबाट थकालीहरुको बिधि अनुसार (केल्च्याङ) हलको मुल ढोकामा  बर बधुलाई आसिर्वाद र शुभकामना सहित फुलमाला, सगुन ले सत्कार गर्ने कार्य भयो ।
त्यसपश्चात नव बरबधुले ईच्छा र आफ्नो गच्छे अनुसार चेलीहरुबाट पाएको सत्कार बापत उनीहरुलाई दक्षेणा स्वरुप केहि रकम दिनुपर्ने चलन अनुसार सो कार्य पनि सम्पन्न गरियो ।
केल्च्याङ कार्य सकिएपछि मात्र भित्र पस्न पाउने अनुमति पाउने थकालीहरुको चलन चल्ति अनुसार सो कार्य पश्चात हल भित्र नवबर बधुलाई पसाएर बरले बधुलाई सिंधुर हाल्ने, बरबधु बिच औठि साटासाट गर्ने र बधुले बरलाई खुट्टामा ढोग गरि ३ पटक घुमेपछि मात्र स्वंयम्बर कार्य बिधिवत रुपले सम्पन्न भयो ।
स्वयम्वर कार्य पश्चात नब वरको मातापिता बाट नबवरवधुलाई शुभबिवाहको शुभकामना सहित आर्सिरवाद दिई वरलाई फेटा गुठाईदिने, वधुलाई खास्तो टुटुम ओढाईदिने कार्य सबभन्दा पहिला आफ्नै सम्बन्धित परिवारको अभिभावककै हातबाट गर्ने कार्य सकि, क्रमश दाजुभाईहरुको तर्फबाट, चेलिज्वाईहरुको तर्फबाट पनि एकमुष्ठ रुपमा २२ हातको फेटा र खास्टो टुटुम ओढाउने कार्य सकिओरि त्यस पश्चात मात्र ईष्टमित्र, साथी संगिनि, शुभचिन्तक र उपस्थिति महानुभाबहरुबाट क्रमश पुस्पगुच्छाको हस्तान्तरण, खादा ओढाउने कार्य र बढाई तथा सफल दाम्पत्य जिवनको शुभकामना दिने कार्य भयो ।
पुर्व तयारि अनुसार देहाय बमोजिज उल्लेखित समय तालिका अनुसार र कार्य बिभाजन तोकिएबमोजिम नै केहि ढिला गरि सम्पुर्ण कार्यक्रम थसेसका महा-सचिव अनिल भट्टचनले संन्चालन गर्दै वरवधुको हातबाट केक् काट्ने कार्य, नव बर बधुलाई समेटेर बनाईएको स्लाईड देखाउने कार्य पनि सम्पन्न भयो ।
कार्यक्रममा आमन्त्रित सम्पुर्ण पाहुनावर्गलाई स्वागतको २ शब्द सहित टोष्ट प्रस्ताव गर्दै नव बरका पिता हरि प्रसाद शेरचनले सहयोगि सम्पुर्ण दाजुभाईहरु, चेलीज्वाईहरु,साथी संगिनि, सुभचिन्तक, उपस्थिति सम्पुर्ण महानुभावहरु र सम्बन्धित सबै पक्षलाई हृदय देखी नै धन्यबाद पनि ज्ञापन पनि गर्नुभयो ।
त्यस पश्चात बर राजु शेरचनको आफ्नै कंम्पनिको अग्रज मित्र नाकामुरा,  चेलीज्वाईको तर्फबाट उदय गौचन, हितैषी मित्रको तर्फबाट दिपक गौचन र थकाली सेवा समितीको तर्फबाट शरद कुमार गौचनले क्रमश शुभकामना मन्तब्य एवं बढाई ज्ञापन गरेपछि नाचगान तथा साह्रै मिठो (पाहुना प्राप्त प्रतिक्रिया) गुणस्तरिय , उत्कृष्ठ खानपिन र आमन्त्रित पाहुनाहरुबाट पनि पुस्पगुच्छा हस्तान्तरण, खादा ओढाउने कार्य निरन्तर सुचारु गरिराखियो ।
बिचबिचमा संस्पेन्स स्टेज नृत्य(हितैषी मित्रबाट) सहित बरिष्ठ अनलाईन पत्रकार तथा नब वरका आफ्नै मितदाजु सोनाम शेर्पाको डिजे धमाकाले उपस्थित सम्पुर्ण महानुभावहरुलाई भरपुर मनोरञ्जन दिदै उत्त अविस्मरणीय कार्यक्रम रातीको साँढे दश बजे तिर समापन भएको थियो ।

शुभ बिबाह कार्यक्रम समय तालिका "राजु तथा समी"

कार्यक्रम विवरण:-
११:३० AM :- परिवार, दाजुभाई, चेलीज्वाई, ईस्टमित्ररु ईकेगामी पुग्ने ।
१२:००AM - १२:३० PM :- दुल्हा दुलहीको स्वयम्बर गर्ने, काली ड्रेसमा ।
१:३० - ३:०० PM :- सगुन तयार गर्ने ।
२:३० - :०० PM :- चेलिहरुले ढोकामा केल्साङ गरि दुल्हा दुलहीलाई हलमा प्रबेश गराउने ।
३:PM बाट :- सगुन बाँड्ने ।
:०० - :३० PM :- केक काट्ने र बाँड्ने ।
३:०० - ८:०० PM :- खानपिन, स्लाइड सो, औपचारिक कार्यक्रम तथा नाचगान

स्लाइड सो र औपचारिक कार्यक्रम:- ५ बजे देखि ६ बजे सम्म
५:०० - ५:१५ :- स्लाइड सो, सोनाम शेर्पा
औपचारिक कार्यक्रम:- ५:१५ ६:०० बजे ( कार्यक्रम संचालक अनिल भट्टचन )
५:२०- ५:३० PM :- दुई शब्द सहित टोस्ट प्रस्ताब, बुवा श्री हरि प्रसाद शेरचन
शुभकामना मन्तब्य :-
क) चेली ज्वाईको तर्फबाट:- श्री उदय गौचन
ख) दुलहीको माईतीको तर्फबाट:- श्री शशी गौचन
ग) घनिस्ट साथिको तर्फबाट- श्री दीपक गौचन
घ) थसेस जापानको तर्फबाट- श्री शरद कुमार गौचन
९:०० बाट १०:००PM - सरसफाई, सामान मिलाउने तथा हल खाली गर्ने ।

कार्यक्रमका केहि झलकहरु तलतिर.....








No comments: