Monday, October 10, 2011

कपि ब्लक गरिएका साईटलाई खुलाउने तरिका

सरद डायरि । आईतबार, आश्विन २२, २०६८
म स्वयमलाइ आवश्यक महशुष भएकोले सेयर गर्न खोजिएको छ, सायद ब्यक्तिगत उपयोगको लागि फरक नपर्ला ।
restricted वेब साईट बाट टेक्स्ट कपि गर्ने सजिलो तरिका :
के तपाईंले कहिले कुनै यस्तो वेब साईट भेट्टाउनु भएको छ जुन वेब साईटमा तपाईंले कुनै टेक्स्ट कपि गर्न खोज्नु भयो भने त्यो अनुमती दिईदैन अथवा भनौ कुनै टेक्स्ट सेलेक्ट गर्न खोज्नु भयो भने सेलेक्ट नै हुँदैन । यस्तो वेब साईटमा टेक्स्ट कपि लाई disible गर्न त्यस्तै किसिमको javascript को प्रयोग गरिएको हुन्छ । यस्तो गर्नुको कारण आफ्नो साईटको कुनै पनि आर्टिकल गलत तरिकाले चोरी नहोस् भन्नको लागि हो । तर यस्तो गरेर आफ्नो वेब साईट पूर्ण रुपमा सुरक्षित भयो भनेर ढुक्क भएर बस्ने बेला भने अहिले छैन किनकी यसरी Javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट र कपि गर्न नदिने भनेको त कम्प्युटर सम्बन्धी केही जानकारी नभएको हरुको लागि मात्र हो , जानेको मान्छेले त जसरी पनि कपि गरी नै हाल्छन ।
यहाँ यस्तै एउटा सजिलो trick दिन खोजिएको छ जसमा यस्तै एउटा javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट नभएको लाई सेलेक्ट गर्न र कपि गर्न पनि सकिनेछ । यसको लागि तल दिईएको step अनुसार गर्नुहोस् ।
१) सबभन्दा पहिला त्यो वेब साईट खोल्नुहोस् जुन साईटमा यस्तै गरी टेक्स्ट सेलेक्टलाई disible गरिएको छ ।
२) अब तल दिईएको code लाई कपि गर्नुहोस् र उक्त वेब साईट को address बारमा पेस्ट गर्नुहोस् र Enter कि थिच्नुहोस् ।
Code: javascript:void(document.onselectstart=null)
३) अब तपाईंले कपि गर्न चाहनु भएको टेक्स्टहरुलाई highlight गर्नुहोस् र Ctrl+C को प्रयोग गरेर कपि गर्नुहोस् र आफ्नो notepad अथवा wordpad मा लगेर पेस्ट गर्नुहोस् ।
श्रोत: क्यामज्जा

No comments: