Sunday, October 16, 2011

"सिन्जुकुसिटिको फुरेआई फेस्टिवल २०११" सम्पन्न

सरद डायरि । आईतबार, आश्विन २९, २०६८
आज सिन्जुकुसिटिद्धारा संयोजित "फुरेआई फेस्टिवल २०११" नामक ईभेन्टको आयोजना हुने दिन भएकोले पनि बिहानै उठेर तयारि गर्न तर्फ लागे ।
मेरो  घरकिले पनि उक्त कार्यक्रममा भाग लिने भएकोले बिहानै उठ्न अनुरोध गरेपनि १०, १५ मिनेट त उठनको लागि समय लागिहाल्यो ।
जसोतसो उठिओरि तयारि गरेर एकझोला कपडा,गरगहना, सम्बन्धित कार्यक्रमका सरसामान र कम्युटर टारहरु हालेको सुर्केश बोकेर लागियो कार्यक्रमको लागि ।
तर उत्त कार्यक्रम पुर्व तयारि तथा केहि अभ्यासको लागि सिन्जुकु ताबुन्का सेन्टर नामक हलतिर जानुपर्ने थियो जम्मा हुनको लागि  किटान समय मा ।
सबै कलाकार साथीहरुलाई बिगतमा झै आज पनि बिहानको ९:३० को समय दिएकोले पनि ढिला गर्न नमिल्ने भएकोले समयमै सिन्जुकुको स्टेशन नजिक गन्तब्यस्थलमा म चाहि पुगे तर धेरै बिहान भएको र छुट्टिको दिन परेकोले पनि होला किटान समयमा हाम्रा कलाकारद्धय ज्युहरुको भने सवारि भएन् ।
मलाई थाहा थियो, समयमा आउनुहुन्न भन्ने गाठि कुरो । तर आफ्नो "ड्युटि ईज् ब्युटि" भन्ने उखानलाई पनि ख्यालमा राख्दै टेलीफोन लगाए मित्र कलाकारहरुलाई कहा हो र कहिले आईपुग्ने भनेर ।
३ तिरबाट ४ जना र हामि २ जना गरि जम्मा ६ जना अभ्यासको लागि सिन्जुकु स्टेशन नजिकै जम्मा हुने भनिएता पनि १,१ जना गरि सबै जुट्दा त पौने बाह्र भईसकेको रहेछ ।
जेहोस, फुरेआई २०११ नामक उक्त कार्यक्रममा हाम्रो समयतालीका अनुसार दिउसो को १ बजे देखि हाम्रो पालो शुरु हुने भएकोले पनि सवा बाह्र बजे सम्म त टोयामा कोएन (ताकादोनोबाबा) मा जसरि पनि पुग्नुपर्ने नै थियो ।
जापानी समय भएकोले पनि मलाई निकै प्रेशर परेपनि मित्र कलाकार बहिनिहरु भने ढुक्कै हुनुहुन्थ्यो ।
जसतसो केहि समय अभ्यास गरि सवा १२ बजे सम्म हिड्ने भने पनि साँढे १२ भइसकेको रहेछ ।
त्यसपछि त फोन को घण्टि बज्न सुरु गर्यो र छिटै आउनको लागि फोनबाट प्रत्येक पटक ताकेता आयो आयोजकको तर्फबाट । हुनपनि उनिहरु पंन्च्युल समयमा सबै कार्यक्रम गर्ने भएकोले पनि हाम्रो बारेमा चिन्ता गर्नुभएको रहेछ ।
हतार हतार गर्दै २ वटा ट्याक्सि समातेर लागियो कार्यक्रम स्थलतिर ।
भाग्यबस अभ्यास स्थल र कार्यक्रम स्थल नजिकै पर्ने भएकोले १० मिनेटमै गन्तब्य स्थलमा पुगेपछि कपडा फेर्ने स्टल तर्फ लागियो ।
आयोजकबाट हलुका ब्रिफिन्ग सुनेपछि, सोहि अनुसार अति नै ब्यबस्थित कार्यक्रम स्थल हाम्रो लागि छुट्याईएको स्टलमा पसी कलाकारद्धयहरुलाई पनि सबै किटान समयमा कार्यबिधि गर्न र कार्यक्रम सफल पार्न सहयोगको लागि अनुरोध गरे ।
कार्यक्रम चलिरहेको थियो अति नै स्थरिय, ब्यबस्थित र रमाईलो बातावरण भब्यताकासाथ कार्यक्रम सम्पन्न भयो ।
हाम्रो २० मिनेटको स्टेज कार्यक्रममा ४ वटा नाच(थकाली नाच २ वटा, राई नाच १, नेपाली झ्याउरे १)  र हलुका नेपाल संम्बन्धि जापानीहरुलाई जानाकारि गराउने उदेश्य अनुसार बोल्ने कार्यक्रम पनि सक्यौं ।
त्यसपछि, वर्कसप भनेर (बिभिन्न देशको ) नेपालको बारेमा फेरि १ घण्टा अर्को स्टलमा कार्यक्रम गरिओरि कार्यक्रम स्थल सबे निरिक्षण गरेर लागियो घरतिर बेलुका ६ बजेतिर ।
हेर्नुस उत्त कार्यक्रमका फोटोका झलकहरु र स्टेज नृत्य आदि तल र माथीतिर .......... 










No comments: