Thursday, October 20, 2011

नेपाल जापान सम्पर्क समितिको छैठौ वार्षिक साधारण सभा सम्पन्न

अतिथिगणहरु

कार्यक्रममा उपस्थित महानुभावहरुको झलक

शुभ-कामना मन्तब्य प्रकट गर्दै पुर्व अध्यक्ष खगेन्द्र भट्टचन (सिबांङ)

कार्यक्रमको उदघाट्न गर्दै मुख्य अतिथि अनुसन्धानका अध्यक्ष ॐकार प्रसाद गौचन  

मन्तब्य प्रकट गर्दै मुख्य अतिथि

कार्यक्रममा सभापति तथा बर्तमान अध्यक्ष खगेन्द्र भट्टचन
सरद डायरि ।  बुधबार, कार्तिक २, २०६८  
आजकै दिनमा थसेस नेपाल जापान सम्पर्क समितीले आफ्नो छैठौं बार्षिक साधारण सभा थसेस काठमान्डौंको आफ्नै भवनको प्रागणमा भब्यताकासाथ सम्पन्न गरेको समाचार प्राप्त भएको छ ।
बास्तवमा थकाली सेवा समिती जापान संग नङ र औलाको जस्तो अभिन्न संम्बन्ध जस्तो रहनुपर्नेमा केहि बर्ष अघिदेखि हामि बिचको सम्पर्क, सम्बन्ध केहि सुस्ताएको यर्थाथलाई स्विकार्नुपर्ने बाध्यता दु:खको कुरा हो । यस पछाडि बिबिध समस्या वा समय अभावका कारण हो भन्ने हामिले पनि महशुष गरेका छौं ।
जेजस्तो भएपनि यस शुभ कार्यको सम्पन्न संगै भविष्यमा पुन हामि बिच प्रगाढ सम्बन्ध बढाउदै जाने आसा र अभिलासा सहित सम्पन्न कार्यक्रमहरु बिवरणहरु जस्ताको तस्तै फोटो र समाचार...

यहि २०६८ कार्तिक ०२ गते थसेस नेपाल जापान सम्पर्क समितिको छैठौ वार्षिक साधरण सभा उक्तसभाका मुख्य अतिथि अनुसन्धानका अध्यक्ष श्री ॐकार प्रसाद गौचन ज्यू ले अंङ्कुमा वत्ति वाली सभाको उद्घाटन् गर्नु भएको थियो । सभाको स्वागत भाषण उपाध्यक्ष श्री मोहन भट्टचन ज्यू ले गर्नुभएको थियो भने उद्घोषण सदस्य सचिव श्री पानस गौचन ज्यू ले गर्नु भएको थियो ।मन्तव्यक्रममा मुख्य अतिथि अनुसन्धानका अध्यक्ष श्री ॐकार प्रसाद गौचन ज्यू थकाली अनुसन्धानको हाल सम्म भईरहेको गति विधि प्रकाश पार्नुका साथै थसेस नेपाल जापान सम्पर्क समिति र थसेस जापानले गरेको सहयोग र योगदानको उच्च प्रशंसा गर्नुका साथै भविष्यमा पनि यस्तै सहयोग निरन्तरताको अपेक्षा व्यक्त गर्नु भएको थियो । मनतव्य दिने क्रममा यस संस्थाका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार श्री खगेन्द्र भट्टचन(सिवाङ ) र थसेस केन्द्रका अध्यक्ष श्री वसन्त शेरचन ज्यू ले पनि यस संस्थाको गरिमा र हाल सम्म भईरहेको क्रियाकलापको प्रशंसा गर्नु भएको थियो । सदस्य सचिव श्री पानस गौचन ज्यूले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्री नविन शेरचन ज्यू द्धारा वार्षिक आय व्यय प्रतिवेदन सुनाउनु भएको थियो । अन्तमा यस सभाको सभापति श्री खगेन्द्र भट्टचन ज्यू द्धारा व्यानरहरु उपलब्ध गराई आर्थिक सहयोग गर्ने सम्पूर्ण दाता र सभामा उपस्थित सहयात्री सवैलाई धन्यवाद दिदै सभाको विसर्जन गर्नु भएको थियो ।साथ साथै थसेस नेपाल जापान सम्पर्क समितिको आयोजनामा अन्तर जातिय तारा खेल प्रतियोगिता भव्यताका साथ कार्तिक ३ गते देखि कार्तिक ७ गते सम्म थसेस काठमाण्डौ क्षेत्र प्राङ्गणमा हुन गईरहेको जानाकारी गर्नु भएको थियो ।
उक्त तारा खेलमा जम्मा जम्मा १० टिम ले भाग लिएकोमा नेपाल छन्त्याल संघ प्रथम मनाङ्ग मर्स्याङ्गदी दोश्रो स्थान र थासाङ् स्पोर्ट क्लव तेश्रो स्थान हुनु भएको थियो । यसरी खेल भव्यताका साथ सम्पन्न भएको थियो ।

No comments: