










टेलोभीजन :- साईज अनुसार
एअरकन्डिसन :- वाट अनुसार
मेरो अफिस बिल्डिङ्गमा हाम्रो कंम्पनिको यस बर्षमा नया भर्ना भएका कामदारि(सिन्युसेई)हरुको दोर्स्रो प्रार्टिकल अभ्यास (केन्स्यु) भएकोले अन्य ब्रान्चबाट पनि बिहान देखी नै जम्मा भएका थिए । आर्थिक मन्धीको कारणले होला प्रत्येक बर्षको अप्रैल महिनामा भर्ना गर्ने संख्या भन्दा ड्याम्मै संख्या घटाएर करिब १५,२० जना मात्र भएकोले २,३ बर्ष पहिला देखी हाम्रै अफिस बिल्डिङ्गमा प्राटिकल अभ्यास (केन्स्युकाई)गर्ने गरेको छ । जेहोस मेरो डेपार्टमा काम लागेकी महिलासंग लन्च संगै खान जाने मौका परेकोले आज संगै लन्च खान लागियो अन्य साथीहरुसंगै नजिकैको नेपाली मित्रको ईन्डियन रेष्टुरेन्ट तिर । नान र पेय पदार्थ जति थपेपनि हुने लन्च समयमा नान २,२ वटा अर्डर गरेपनि एउटा र आधा मात्र बलबल खाईयो । जेहोस ईन्डियन करि र नान संग रमाउदै सबै मित्रहरुसंग म पनि ।
सरद डायरि । बुधबार, बैशाख २३, २०६६
२०६४ पुष १८ गते जनसेनाको प्रशिक्षणको क्रममा प्रचण्डले गरेका सम्बोधन, ईमेज च्यानलले मे ५ तारिख बेलुका ९ बजेतिर (एक्स्क्ल्यपसिप नामक रिपोर्ट) प्रसारण गरेर सार्बजनिक भएपछि उनीहरुको गोप्य रणनिति छताछुल्ल भएको छ ।
प्रधानसेनापती प्रकरणको कारण प्रधानमन्त्रीको पदबाट राजिनामा दिएको ६ घण्टा नबित्दै यो भिडियो टेपले पनि माओवादिलाई अर्को टाउको दुखाई निम्त्याएको छ ।
हेर्नुस ईमेज च्यानल द्धारा प्रसारित उत्त टेपको केहि अंश माथीको प्ले बटनलाई ल्किक गरेर ।
सरद डायरि । सोमबार, बैशाख २१, २०६६
नेपाली सेनाको सेना प्रमुखको बिषयमा अहिले ठुलो संकट आईपरेको छ । माओवादि सरकारले एकपक्षिय कटवाललाई हटाउने निर्णय गरेको २ घण्टा पछि राष्ट्राध्यक्ष तथा सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले उत्त निर्णयलाई उल्टाईदिई कटवाललाई पुर्नबाहाली गरिदिएका छन। माथिको एभेन्युज टिभिद्धारा प्रसारण बिशेष कार्यक्रम हेरेर आफै बिश्लेषण गर्नुस अब सेनालाई राजनितिकरण गर्न खोज्ने दलहरुको आ-आफ्नो डंम्बले नेपालको भावि राजनितिक लाई कस्तो बाटो तिर डोर्याउने हो ? अनि नेपालको भबिश्य कुन स्थिति तिर ? तर दुख पाउने त तपाई हामि जनता नै त हो ।
भोलीदेखी जापानमा गोल्डेन वुईक(स्वर्णम हप्ता) पर्ने र पकेट पनि अलि बाक्लो नभए त समस्या नै पर्ने भएकोले यसो बैङ्क तिर पसे । प्रत्येक बर्षको मे महिनाम पर्ने यस स्वर्णम हप्ताको दिन पारि जापानमा निकै लामो बिदा हुने भएकोले पनि प्रत्येक दिन जस्तै नेपालीहरुले बिभिन्न कार्यक्रम राख्नुका साथै बिशेष जमघट् हुने समय पनि भएको र मलाई पनि २,४ ठाउबाट निम्तो समेत आईसकेको थियो । त्यसैकारण पनि बैङ्कको क्यास कर्नर तिर पसेपछि पो पत्तो पाए कि मेरो बैंङ्कको नगद निकाल्ने कार्ड त एक हप्ता अघि नै हराएको रहेछु । तत्कालै हतार हतार गरि सबै बैङ्क को खाता लाई म बिना कसैले पनि पैसा निकाल्न नमिल्ने गरि फ्रिज गरिदिए । र मलाई आवश्यक रकम चाही फर्म भरेर निकाले ।
जापानमा जे गर्दा पनि पासवर्ड वाला कार्ड,पोईन्ट जम्मा हुने कार्ड,डिस्काउन्ट हुने कार्ड गरि बिबिध थरिका कार्ड अत्यन्तै प्रयोग गर्ने हुनाले पनि पर्ज मै नआउटने गरि बनाउनु पर्ने बाध्यता, भएन भनेर किनमेल गर्दा वा कहि रेष्टुरेन्ट तिर खाना खादा समेत पनि कार्ड थम्याईदिने हुनाले पनि प्रत्येक दिन जस्तै कार्ड नबनाई सुखै नहुने । कार्ड धेरै भएर कुन के को कार्ड कहा राखे भन्ने पनि पत्तो नै नहुने गरि कार्डको संख्या बढदोरहेछ ।
जेहोस, आज मैले हराएको बैङ्क कार्डले गर्दा भने अलि कार्डहरुलाई ब्यबस्थित गर्नु पर्छ भन्ने महशुस गरे ।