Friday, May 29, 2009

मैले सधै खाने लन्चका केहि झलकहरु ।

ठेट नेपाली परिकार(कुखुराको झोल,पुरि र अण्डाको सेठ)

फ्रान्स खानाको सेठ (बुटा सोठे)

जापानी फ्राई सेठ (ईका र मेन्चु खाचू टेईस्योकु)

जापानी फ्राई गरेको चाउचाउ(याकिसोबा)

ईन्डियन चिकन करि र नान
जापानी फ्राई सेठ (कोरेक्को टेईस्योकु)

जापानी मासु र भातको सेठ(याकिनिकु डोन टेईस्योकु)
जापानी रेम माछा र अण्डाको सेठ (उनागि डोन टेईस्योकु)

ईटालीको माछा र चिकनको परिकार

जापानी सुगुरको मासु र चिकन फ्राई (स्यागायाकि र खरागे टेईस्योकु)

जापानी बेन्टो बक्स


सरद डायरि । शुक्रबार, जेठ १५, २०६६अस्ति भरखर शुरु गरेजस्तो लागेपनि जापानको जागिरेदार भएको पनि डेढ दशक पुग्न लागिसकेको रहेछ । काम भएको दिनमा सधै लन्च, अफिसकै छेउछाउको रेष्टुरेन्टमा पालैपालो बिभिन्न परिकारको खाना खाने गरिन्छ । सायद अफिसको छेउछाउको रेष्टुरेन्ट भित्र नपसेको ठाउ त कहि पनि छैन होला । त्यति मात्र हो र तिनै रेष्टुरेन्टमा प्रत्येक हप्ता रिपिट गर्दै खाने भएकोले पनि होला रेष्टुरेन्टका स्टाफहरुसंग पनि राम्रो परिचित छु अधिकांस रेष्टुरेन्टका स्टाफहरुले राईसको मात्रा , कफि वा चिया तातो कि चिसो साथै दुध,चिनि कतिवटा प्रयोग गर्छु भन्ने समेत सबैलाई राम्रो जानाकारि छ, मैले अर्डर गर्नु अगाडि नै उहाहरुले नै भनिदिनुहुन्छ । आज, गत हप्ता र यो हप्ता खाएको केहि लन्चहरुको झलक पोष्ट गर्न मनलाग्यो । हेर्नुस त मैले लिने प्रत्येक हप्ताको लन्चका केहि झलकहरु ।

No comments: