Tuesday, May 12, 2009

नया कामदारि(सिन्युस्याईन) संग लन्चमा रमाउदै ।

सिन्युस्याईन (महिला) संग लन्च लिदै
मैले अर्डर गरेको मेरो लन्च
मित्रहरु लन्च लिदै गर्दाको झलक


सरद डायरि । मंगलबार, बैशाख २९, २०६६

मेरो अफिस बिल्डिङ्गमा हाम्रो कंम्पनिको यस बर्षमा नया भर्ना भएका कामदारि(सिन्युसेई)हरुको दोर्स्रो प्रार्टिकल अभ्यास (केन्स्यु) भएकोले अन्य ब्रान्चबाट पनि बिहान देखी नै जम्मा भएका थिए । आर्थिक मन्धीको कारणले होला प्रत्येक बर्षको अप्रैल महिनामा भर्ना गर्ने संख्या भन्दा ड्याम्मै संख्या घटाएर करिब १५,२० जना मात्र भएकोले २,३ बर्ष पहिला देखी हाम्रै अफिस बिल्डिङ्गमा प्राटिकल अभ्यास (केन्स्युकाई)गर्ने गरेको छ । जेहोस मेरो डेपार्टमा काम लागेकी महिलासंग लन्च संगै खान जाने मौका परेकोले आज संगै लन्च खान लागियो अन्य साथीहरुसंगै नजिकैको नेपाली मित्रको ईन्डियन रेष्टुरेन्ट तिर । नान र पेय पदार्थ जति थपेपनि हुने लन्च समयमा नान २,२ वटा अर्डर गरेपनि एउटा र आधा मात्र बलबल खाईयो । जेहोस ईन्डियन करि र नान संग रमाउदै सबै मित्रहरुसंग म पनि ।


No comments: