Sunday, May 24, 2009

बल्ल बल्ल हात पर्यो आईफोन ।

आठ गिगा बाईट र सोह्र गिगा बाईटको आईफोन (हातेफोन)


सरद डायरि । शनिबार, जेठ ९, २०६६
आई फोन नामक हातेफोनको बारेमा अमेरिकामा छडा झलाक्क झुलुक टेलीभिजनमा गुनगान सुनेको थिए । आईप्याड नामक अडियो सुन्ने र भिडियो हेर्न मिल्ने अत्यन्तै सानो (कम्याक्ट) मेसिन निकालेर बिश्व बजारमै एप्पल कंम्पनिले आफ्नो नाम गहिरो छाप बसालेको केहि बर्ष पछि नै आई फोन नामक हातेफोन निकालेर फेरि बिश्वबजार भरि नै ठुलै हल्ला फैलाएको रहेछ अहिले ।
जापानमा पनि गत बर्षको गर्मि बिदामा उत्त हातेफोन बजारमा बिक्रि शुरु गर्दा २,३ दिन अघि देखि नै लाईन बस्नु पर्ने स्थिति श्रीजना गरेको रहेछ । त्यतिमात्र नभई जापानि ऐन ७०,८० हजार पर्ने महंगो रकम हुदा पनि किन्न चाहेर पनि हात पर्न नसकेको उत्त आई फोन ले जापानमा पनि ठुलै तहल्कै मच्याएको रहेछ ।
आज उत्त फोन मेरो अफिसको नजिकै बिशेष (क्याम्पेन) सहुलियतमा बेच्न राखिएकोले यहि हो मौका भनि २ सेठ आटिहाले ८ गिगा बाईट र १६ गिगा बाईटको आईफोन ।

No comments: