Sunday, May 3, 2009

शुभ कार्यबाट शुरु भयो गोल्डेन वुईक

बर बधुलाई बधाई दिदै
बर बधु संगको झलक


सरद डायरि । आईतबार, बैशाख २०, २०६६

आज गोल्डेन वुईकको दोस्रो दिन एकजना मित्रको शुभ-बिवाह पार्टिमा निम्तो आएकोले लागे उहाको पार्टि स्थलतिर ।
निर्धारित समयमा पुगेपनि जापानि बाहेक नेपालीहरु त म लगायत ३,४ जना मात्र जम्मा भएका थियौ । जेहोस हामि नेपालीहरु तोकेको समय भन्दा ढिलो गरि जम्मा हुने र समय सकिएपछि पनि झटपट छुट्टिनै गाह्रो हुने जात नै हो ।
बर नेपाली भएपनि बधु भने जापानि हुनुभएकोले होला , जापानीहरुको संख्या पनि निकै धेरै थियो । जापानि भाषामा एमसि ले आज दिउसो नेपालि लाईभ कन्सर्ट पनि भएकोले सवै नेपाली हरु त्यो कन्सर्ट सकेर आउने जानाकारि गराए । नभन्दै ७,८ बजेतिर बाट नेपालीहरुको निकै घुईचो नै लाग्यो । अनि सुरु भयो नेपाली पनको बिवाह पार्टिको कार्यक्रम शुरुआत । केक काटने,औंठि लगाउने बिधिवट रुपबाट कार्यक्रम शुरु गरिएपछि नाचगानमै मस्त भईयो बेलुकाको करिब ११ बजे सम्म ।

No comments: