Saturday, May 2, 2009

बैंङ्कको क्यास कार्ड हराउदा ।

पकेटमा भएको कार्डहरु मात्र हो यो


सरद डायरि । शनिबार, बैशाख १९, २०६६


भोलीदेखी जापानमा गोल्डेन वुईक(स्वर्णम हप्ता) पर्ने र पकेट पनि अलि बाक्लो नभए त समस्या नै पर्ने भएकोले यसो बैङ्क तिर पसे । प्रत्येक बर्षको मे महिनाम पर्ने यस स्वर्णम हप्ताको दिन पारि जापानमा निकै लामो बिदा हुने भएकोले पनि प्रत्येक दिन जस्तै नेपालीहरुले बिभिन्न कार्यक्रम राख्नुका साथै बिशेष जमघट् हुने समय पनि भएको र मलाई पनि २,४ ठाउबाट निम्तो समेत आईसकेको थियो । त्यसैकारण पनि बैङ्कको क्यास कर्नर तिर पसेपछि पो पत्तो पाए कि मेरो बैंङ्कको नगद निकाल्ने कार्ड त एक हप्ता अघि नै हराएको रहेछु । तत्कालै हतार हतार गरि सबै बैङ्क को खाता लाई म बिना कसैले पनि पैसा निकाल्न नमिल्ने गरि फ्रिज गरिदिए । र मलाई आवश्यक रकम चाही फर्म भरेर निकाले ।
जापानमा जे गर्दा पनि पासवर्ड वाला कार्ड,पोईन्ट जम्मा हुने कार्ड,डिस्काउन्ट हुने कार्ड गरि बिबिध थरिका कार्ड अत्यन्तै प्रयोग गर्ने हुनाले पनि पर्ज मै नआउटने गरि बनाउनु पर्ने बाध्यता, भएन भनेर किनमेल गर्दा वा कहि रेष्टुरेन्ट तिर खाना खादा समेत पनि कार्ड थम्याईदिने हुनाले पनि प्रत्येक दिन जस्तै कार्ड नबनाई सुखै नहुने । कार्ड धेरै भएर कुन के को कार्ड कहा राखे भन्ने पनि पत्तो नै नहुने गरि कार्डको संख्या बढदोरहेछ ।
जेहोस, आज मैले हराएको बैङ्क कार्डले गर्दा भने अलि कार्डहरुलाई ब्यबस्थित गर्नु पर्छ भन्ने महशुस गरे ।

No comments: