Monday, May 18, 2009

स्वाईन फ्लु संक्रमणकाल जापानमा पनि आगमन ।

स्वाईन फ्लु संक्रमित देशको चार्ट
हेर्दै कस्तो डरलाग्दो यो स्वाईन फ्लुका किटाणुहरु


सरद डायरि । सोमबार, जेठ ४, २०६६
आज सोमवार भएपनि तलबि छु्ट्टिको (फुरिकाएक्यु) दिन परेको हुनाले ढिला सम्म निदाएछु । आँखा मिच्दै उठेर घडि हेरेको त १० बजिसकेको रहेछ । टेलिभिजन खोलेर समाचार के हेरेको थिए, स्वाईन फ्लु (सिन्गाता ईन्फुरुयन्जा) को समाचारले जापानको टेलिभिजनमा निकै ठुलो महत्व पाएको रहेछ । एकैछिन टेलिभिजन हेरेपछि पो थाहा पाए गाठि कुरो ।
मेक्सिकोबाट शुरुआत भएको स्वाईन फ्लु (सिन्गाता ईन्फुरुयन्जा) ले हाल विश्वभरि नै तहल्का मच्याएको छ । २६ वटा राष्ट्रमा ३,४४१ जनालाई यो रोगले समातिसकेको छ भने ४६ जनाको ज्यान लिईसकेको छ । तर जापानमा भने हिजो सम्म एकजनालाई पनि उत्त रोगले छुन नसकेको भएपनि आज अचानक बिहानको १० बजे टोक्योको पश्चिम क्षेत्रमा पर्ने जापानको दोस्रो ठुलो शहर ओसाका र ह्योगो प्रिफेक्चरमा एकैचोटि १२१ जनालाई स्वाईन फ्लुको रोगले छोएपछी जापानमा ठुलै भुईचालो नै आएको जस्तो भान परेको छ । जुनै टेलिभिजन च्यानलमा पनि सोहि समाचारको बिषयमा चर्चा परिचर्चा गर्नुको साथै सर्तक हुन पनि बिशेष आग्रह गरिएको थियो ।

No comments: