Monday, May 11, 2009

आदिबासी जनजाति महासंघ जापानद्धारा २५५३ बुद्ध जयन्ति मनाईयो ।

नेपालदेखी आमन्त्रित धर्मगुरु काल्साङ लामाले राजदुत परिवारलाई खाता ओध्याईदिदै
उपस्थित महानुभावहरुले सामुहिक बुद्धपुजा र धर्मदेशना गर्दै

उपस्थित महानुभावहरुले उभिएर बुद्धपुजा र धर्मदेशना गर्दै


सरद डायरि । आईतबार, बैशाख २७, २०६६
म संग सम्बन्धित आदिबासी जनजाति महासंघ जापान द्धारा आज बुद्ध जयन्ती मनाउने कार्यक्रम थियो । आयोजकको नाताले हामिहरु कार्यक्रम हुनुभन्दा डेढ दुई घण्टा अघि जम्मा भएर तयारि गर्ने भनेको भएपनि निर्धारित समय भन्दा म त करिब २ घण्टै ढिलो पुगे । मेरो डेराबाट निकै टाढा भएकोले कार्यक्रम स्थलको स्टेशनमै पुग्दा ठ्याक्कै डेढ घण्टा लाग्यो र स्टेशनबाट ट्याक्सि चढेर लागे कार्यक्रम स्थलतिर । म हलमा पुग्दा पनि धेरै साथीहरु त आउनु पनि भाको थिएन भने आउनु भएको साथीहरु पनि निकै ढिलो गरि जम्मा भएको जानाकारि पाए । कार्यक्रम समयतालिका भन्दा ३ घण्टै ढिलो गरि शुरु भएको कार्यक्रममा अत्यन्तै पातलो उपस्थिती थियो।
जेहोस ढिलैगरि भएपनि शुरुआत गरिएको उत्त कार्यक्रममा नेपाली राजदुतको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरियो र नेपाल देखी आमन्त्रित धर्मगुरुज्युहरुबाट बुद्धको पुजाआजा र प्रबचन सुनेर डेरातिर फर्कदा त बेलुकाको ६ नै बजिसकेको रहेछ ।

No comments: