Sunday, August 17, 2008

Airport,Shopping and Indian movie

सुपर किंग सुपर मार्केट
इंडियन फिल्म हल
हामीले हेरेको फ़िल्मको पोस्टर
हल भित्र राखीएका इंडियन पत्र पत्रिकाहरु
मित्रहरु एअरपोर्ट को लाइन मा

सरद डायरी । शनिबार, श्रावण ३२, २०६५

बिहानै ६ बजे नै उठेर मित्रलाई फ़ोन गरे । किनभने आज मैले मेरो मित्रको साला लाई लोस एन्जलस एअरपोर्ट मा छोड़न जानू थियो । सवा ६ बजे मेरो डेरा अगाडी आउने कुरा मित्रले बताउनु भयो । मित्रहरु आंउनु भयो र लागियो एअरपोर्ट तीर । शनिबार र धेरै बिहान भएकोले होला फ्री वय प्राय खाली जस्तै थियो । मित्रले ५७ साउथ हुदै ४ वोटा फ्री वय पार गरेर करीब पौने घंतामै एअरपोर्ट पुर्याउनु भयो ।
तर आज एअरपोर्ट निकै भीड़ रहेछ, मित्रले एयरपोर्ट को स्टाफ लाई सोधेको त त्यही लाइन मै बस्न र पालै पालो चेक इन् हुने कुरा बताए । अनी लाइन मा बसेको त पालो आउन त धेरै समय लाग्ला जस्तो लाग्यो । हाम्रो उडान ८ बजे थियो र साढ़े ७ त हुन लागिसकेकोले मित्रले फेरी सोध्न गएको त अर्की काउन्टर मा हामीलाई चेक गरिने कुरा भयो । मित्रले बोलाउन आउनु भएकोले हामी सिधै उक्त काउंटर मा चेक इन गराई बिदाबाजी गरियो .
कस्सों मित्रले नासोधेको भए त आज प्लेन नै छुटने कुरा मित्रले बताउनु भयो ।

जे होस केही समय पछी लागियो एअरपोर्ट बाट देरातिर । मित्रले बिच बाटोमा शाप्पिंग गरेर जाऊ भन्नु भएकोले सुपर किंग नामक सुपर मार्केट मा पसी १ हप्ताको सप्पिंग पनी भयो । साथै आज मित्रको श्रीमती ले ड्राविंग रिटर्न टेस्ट को लागी पनी जाने कुरा गर्नु भएकोले संगै जाने कुरा भयो । मेरो डेरामा पूगी सामान छोडेर मित्रको देरामा ब्रेकफास्ट लिई लागियो दीएम्भी (ड्राविंग रिटर्न टेस्ट दिने ठाउ) तीर । तर अभाग्यबस आज दीएम्भी बन्द रहेछ । अनी के गर्ने भन्ने कुरा हुदा अर्को मित्रको घरमा जाने सल्लाह भए बमोजिम मैले मित्रलाई संपर्क गरी उहाकोमा गइयो ।
लंच खाइवोरी फेरी हिन्दी फ़िल्म हेर्न जाने कुरा भएअनुसार लागियो अर्तेजिया तीर ।
अर्तेजिया को यो फिल्म हल मा म पहिला पनी आएको थिए । तर आज शनिबार भएकोले होला निकै भीड़ थियो मित्रले सबैको लागी टिकेट किन्नू भयो । अनी बच्न ऐ हसीनों नामक फिल्म हेर्न पसियो हल तीर । एकैछीन कास्टिंग सुरु भएपछी फिल्म समय मै सुरु भयो . तर आजको हल अली सानो थियो भने दर्सक भने धेरै थिएं । यो फिल्म हल काम्प्लेस मा ८ वोटा हल छन आफुलाई जून मन परेपनी हेर्न पाईने स्यस्ट्म रहेछ । अधिकान्स इंडियन परिवार हरुकै जमघट थियो । जे होस फिल्म राम्रै रहेछ । फिल्म हेरी सकेर लागियो मित्रको घरमा ।

No comments: