Saturday, August 16, 2008

The Santa Ana Zoo

चिदियाखानमा एक जनावरको झलक
सबै जनाको सामूहिक फोटो
एस.के, एकल फोटो
एस.के, मित्रहरु संग
मित्रहरु स्तारर्बोक्समा पेय पदार्थ समातेर फोटो खिचाउदै

मित्रहरु आआफ्नो येक्सनमा फोटो खिचाउदै



सरद डायरी । शुक्रबार, श्रावण ३१, २०६५

सान्ता आना चिडियाखाना मा मित्रहरु संग लागीयो । हामी संग समय भएकोले केहि समय स्तारबोक्स मा बिताउने कुरा भयो ,म संग कफी भएकोले मैले त केहि किनिन तर मित्रहरूले चिया, कफि र ब्रेड हरु लिदै एकैछीन समय बितायौ ।
अनी लागीयो गन्त्यब्य तीर ३ वोटा कारमा बादिएर । हामीहरु ५७ साउथ फ़्रीवय समातेर बिचमा केहि बाटो फेर्नु पर्ने रहेछ । तर हाम्रो कारको मित्रले बाटो फेर्ने ठाउमा गल्ती गरि निकै टाढा पुगेर मात्र थाहा भयो की हामीले बाटो गल्ती गरेका रहेछौ भनेर । अनी फेरी फर्किएर बाटो बल्ल पत्ता लगायौ ।
अन्य मित्रहरु पुगिसक्नु भएको रहेछ । हमिहरुको बाटो हेरेर बस्नु भएको रहेछ.हामी पुगेपछी भित्र पस्ने टिकेट ६ डलर को कात्यौ ।
चिडियाखाना खासै ठुलो नभएपनी करीब करीब सबै खालका जनावर रहेछन, बिशेस गरेर हात्ति,गैदा जस्ता ठूला जनावर भने त्यहा रहेनछ । फ़ुल्लेर्तोन देखि नजिकै भएकोले बिशेस गरेर स्कूल का बच्चाहरुको घुइचो बढ़ी थियो ।
हामीले करीब ढेड घन्तामा सबै हेरी सकी सबै जना संगै फ़र्कियौ ।

No comments: