Monday, August 4, 2008

Newport Beach in Los Angeles!!!

एस.के,समुन्द्रको बिचमा भएको चट्टान माथि फोटो खिचाउदै
एस.के,समुन्द्रको छालमा खेल्दै गरेको फोटो
मित्र आफ्नो छोरा र साला संग फोटो खिचाउदै
मित्र आफ्नो परिवार संग फोटो खिचाउदै
एस.के,समुन्द्रको बिचमा फोटो खिचाउदै
मित्र सामूहिक फोटो खिचाउदै

सरद डायरी । आईतबार, साउन १९, २०६५

आज विचमा (समुन्द्र) जाने छलफल भएअनुसार नै जाने तयारी गरेको थिए । मित्रले फ़ोन गरी १० मिनेट मा तयारी हुनुहोला भन्नुभयों । मित्रको साला पनी नेपाल देखि पढ़न आउनु भएको रहेछ । मित्र लगायत उहाको परिवार र म गन्त्यब्य तीर लाग्यौ । कारको टायर मा हावा राख्न्नु पर्ने कुरा जनाउनु भयकोले नजिकैको ग्यास स्टेशन तीर लागीयो ।
तर मित्रको पहिलो चोटी को अनुभब भएकोले कसरी, कहा के गर्ने भन्ने कुरा थाहा रहेनछ । त्यसकारण ग्यास स्टेशन कै स्टाफ लाई भने पछि उनैले नै सबै काम बिना सुल्क गरीदिनु भयो । उहालाई धन्यवाद दिदै ५७ को द्क्षीण हाईवय तीर गाडि डौंदायौ ।
मित्रले हामीहरु जाने बिचको (समुन्द्र) बाटो सबै प्रिंट आउट गरेर ल्याउनु भएको रहेछ । मैले उहालाई गाइद गर्दै २५,३० मिनेट मा गन्त्यब्य स्थल मा पुग्यौ ।
तर समस्या चाही पार्किंग स्पेस को पर्यौ । किनभने आज आइतबार र दिन राम्रो भएकोले समुन्द्र मा भीड़ थियो । १५,२० मिनेट को खोजी पछि अल्बट्र्सन भन्ने सुपर मार्केट मा गाडि पार्किग गरियो र लागीयो समुन्द्र तीर ।
समुन्द्रको दॄस्य अति रमणीय थियो । हामीहरु पनी फोटो खिच्दै एकैछिन रमायौ ।
अनी खप्नै नसकि सबैजना पौडी खेल्न लागीयो । पटक पटक समुन्द्रको ठुलो छाल ले हामीलाई खुबै मनोरंजन दिलाएको थियो । करीब २ घंटा समुन्द्रमा दुबुल्की मारिसकेपाछि देरातिर फ़र्कियौ ।।।

No comments: