Monday, August 25, 2008

Rose Drive Friends Church-1

बिस्कुट,केक,पाउरोति र पेय पदार्थको लस्कर
कार्यक्रम हुने प्रमुख हल भित्र अमेरिकन मित्र महिला ले कफ़ि झिक्दै कार्यक्रम सुरु हुदाको एक झलक


सरद डायरी ।  आईतबार, भाद्र ८, २०६५

आइतबारको दिन भएकोले मलाई अमेरिकन मित्र जेन ज्यू ले रोजे ड्राइव फ्रेण्ड चर्जमा बोलाउनु भएको थियो । यो चर्ज ले हाम्रो नेपालको तराई तीर पर्ने एउटा क्षेत्रमा ठुलो पुल बनाउने प्रोजेक्ट सुरु गरेको हुनाले मलाई निकै खुसी लागेको थियो । मैले यो चर्ज मा गएर यस्तो राम्रो कुरा थाहा पाउदा मैले उहाहरुलाई मेरो तर्फबाट गर्ने सहयोग केही भएमा गर्छु भनी भनेको हुनाले मलाई जसरी भयपनि हप्तामा एकदिन जानू पर्ने थियो ।
यो चर्ज को प्रमुख पास्टर, अरु स्टाफ संग जेन ज्यू ले चिनजान गराए पछी मेरो उहाहरू संग राम्रो सम्बन्ध भएको र उहाहरूले बोलाई राख्ने भएकोले करीब हप्तामा १ दिन मैले यो चर्जको लागी छुत्याउनु परेको छ ।
आज साढ़े दस बजे देखि प्रोग्राम सुरु हुने भएको र मलाई गादिमा लीन आउन नभ्याउने हुनाले मलाई उक्त स्थान मा जाने बाटो सिकाउनु भएको थियो । हुन त म यो चर्ज मा यो भन्दा पहिला ४,५ पटक गईसकेको हुनाले मलाई त्यति अप्थ्यारो परेन । म साढ़े नौ बजे डेरा बाट निक्लियर सिधै उहाले भनेबमोजिम बाटो लागे , साईकल मा करीब आधा घन्तामा गन्त्यब्य स्थलमा पुगे ।
कार्यक्रम हुन भन्दा आधा घंटा अघि नै पुगे , पेय पदार्थ (कफ़ि ,चिया, सोडा, पानी) र बिस्कुट,केक,ब्रेड को लस्कर लागेको थियो टेबुल मा । अनी भर्खर ब्रेकफास्ट सुरु भएको रहेछ ।
थ्याकै मित्र फिलिप आंउनु भयो उहासंग हल्का कुरा गरेपछि उहासंगें ब्रेकफास्ट लिए ।
अनी आज अर्को महिला मित्र ३,४ जना संग चिनजान पनी भयो । जे होस कार्यक्रम साढ़े १२ बजे सकी लागे क्याल स्टेट यूनिवर्सिटी को लाईब्रेरी तर्फ़ ।

1 comment:

heelers said...

Namaste Sara.
Good pix. But I couldn't read anything! My sanskrit and Hindi are a little rusty.
Dhanyavad.
James (in Ireland)