Sunday, August 10, 2008

Barbecue party with my friends.

ताईवानिज मित्रले मासु पोल्दै ।

ग्रुप फोटोमा रमाउदै संपूर्ण मित्रहरु

२ जना भान्से मित्रहरु
प्रमुख भान्से मित्र ।

आआफ्नो एक्सनमा मित्रहरु ।


सरद डायरी । सुक्रबार, साउन २४, २०६५

आज शुक्रबार भोलि पर्सी छुट्टि भएकोले हामिहरु सबैजना जम्मा भएर बार्बेक्यु गर्ने सल्लाह भएको थियो । मेरै अपार्ट कम्पेल्कसमा साढे चार बजे सबैजना जम्मा हुने कुरा भएपनि मित्रहरु सरसामान किनमेल र केहि साथीहरुलाई लिन जान पर्ने भएकोले उहाहरु सवा पाच बजे मात्र आईपुग्नुभयो । हाम्रो अपार्ट कम्पेल्कसमा पौडी खेल्ने ठाउ,बार्बेक्यु गर्ने ठाउ,जिम गर्ने ठाउ सबै उपलब्ध भएकोले र अन्य केहि साथीहरु पनि मेरै अपार्ट कम्पेल्कसमा बस्नुहुने भएकोले आज हाम्रै अपार्ट कम्पेल्कसमा बार्बेक्यु गर्ने सल्लाह भएको थियो र म भने साढे चारै बजे पुगेर एक्लै पौडी खेलेर सबैलाई पर्खेर बसेको थीए ।
सवा पाच बजेतिर केहि मित्रहरु मासु,सागसब्जि,फलफुल र पेय पदार्थहरु लिएर आईपुग्नु भयो ।
बाकि साथीहरु सबैजना साढे पाच बजेतिर आईपुग्नु भयो । अनि मात्र सुरु भयो हाम्रो बार्बेक्यु कार्यक्रम । एकजना महिला मित्र बार्बेक्यु सम्बन्धि पुर्ण जानकारि भएकोले उहाले नै चुल्हा छोड्नु भएन ।
बिफ,चिकन,पोर्क सहित सागसब्जिको निकै सेठ मिलेको थियो । अनि साथमा किमुची र ताईवानिज सस् ले त झन अन्तराष्टिय बार्बेक्युको रुप लिएको थियो ।
अन्तमा पोलेको मकैको घोका र रातो गुलियो सखरखण्ड खाएकोले कता कता हाम्रै गाउ बेसि तिरकै संम्झना दिलाएको थियो ।
पत्तो नपाईकन १० बजिसकेको रहेछ एकजना मित्रले घडी हेरेपछी मात्र पो थाहा भयो । अनि सोमबार भेटने बाचा सहित सबैजना बिदाबाजी भईयो ।

No comments: