Wednesday, August 6, 2008

Sengoku ki Zikoku (Japanese Resturent of Sengoku)

मित्रहरु संग सामूहिक डिनर लिदाको एक दृश्य
तेंन्पुरा सेट (जापानिज खाना)
तेरियाकी सेट (जापानिज खाना)
सुसीको सेट (जापानिज खाना)


सरद डायरी । मंगलबार, साउन २१, २०६५

मलाई अमेरिकामा धेरै सहयोग गर्ने मित्र हाम्रो देरामा आउनु भएको रहेछ,म पनी लिविन्ग रूम मा एकैछिन निक्लेर गफ़गाफ़ गरी संगै स्पागेट्टी खाइयों ।
मेरो रूम मेट मित्रले आज बेलुका सुशी (जापानीज़ खाना) खान जाने कुरा प्रस्ताब राखनु भयो । अनी मित्रले एउटा नजिकैको जपानीज़ रेस्टुरेंट मा हामीलाई लैजाने कुरा गर्नु भयो । हामीलाई ८ बजेसम्ममा तयार भयर बस्न भंनुभई उहा निक्लनु भयो ।
करीब ८ बजेतिर आउनु भयो र मेरो रूम मेट को परिवार उहाहरुकै गाड़ी मा चढ्नु भयो म र मित्र चाही मित्रको गाड़ी मा चढि लागियो जापानिज़ रेस्टुरेंट तिर ।
१० मिनेट मै रेस्टुरेंट म पुगियो । रेस्टुरेंट जापानीज़ भयपनि रेस्टुरेंट सचालन भने कोरियन ले गर्दा रहेछन । मित्रको भनाई अनुसार उहाले धेरै पटक यो रेस्टुरेंट मा खाना खान आएको र यो भन्दा पहिला जापानिजहरुले पनी काम गर्ने र कोरियन अर्नर ले जापानीज़ लाई निकै गाली गरेको कुरा पनी बताउनु भयो ।
हामी टेबल मा बसी सबै मित्रले अर्डर गर्नु भयो । ड्रिंक लगायत सुसिको परिकार हरु लाम लाग्यौ हाम्रो टेबल मा ।
खाना ठीकै लाग्यौ । मेरो रूम मेट मित्रले जापानीज़ साके(रक्सी) र वासाबी (पिरो चटनी) निकै धिकै मर्ने गरी खानु
भयो । अनी रमाइलो कुरो त रूम मेट को सानो नानी (६ महिनाको बच्चा)ले त मिसों सूप एति मन परायर खाईन की भनी साध्य छैन ।
तर मित्रले भन्नु भए जस्तै अर्नर जस्तो कोरियन ले चाही सर्वर हरुलाई निकै काम लगाउदै कराउदेँ थियो । हामीलाई अर्डर लियको ताईवानीज सर्वर ले लास्ट अर्डर साढ़े नौ बजे हो र रेस्टुरेंटमा चाही जति बसेपनी हुन्छ भनेकि थीइन तर अर्नेर जस्तो कोरियन ले त साढ़े नौ बजे नै आएर बन्द गर्ने बेला हुन लाग्यौ भन्न लाग्यौ ।
अनी मित्रले सर्वर केटी ले त लास्ट अर्डर साढ़े नौ बजे हो रेस्टुरेंट मा चाही जति बसेपनी हुन्छ , भनेको कुरा भनेपछि त्यो अर्नेर फर्कियो र फेरी १० बजेतिर फेरी भन्न आयो की अब रेस्टुरेंट बन्द हुन्छ भनेर । अनी लागौ भनी निक्लियौ उक्त रेस्टुरेंट बाट देरातिर ।।।

No comments: