Wednesday, August 27, 2008

Garnet Community Center in Fullerton

कम्युनिती सेन्टरको साईनबोर्ड जेन ज्यु ले अग्रेजी भाषाको कलास लिदाको झलक
जेन ज्यु संग गफ गरेर बस्दाको एक झलक
बिधार्थिहरु कम्युटर ल्याबमा
एक अमेरिकन मित्र काममा ब्यस्थ
सबैले प्रयोग गर्न पाउने किचन



सरद डायरी । मंगलबार, भाद्र १०, २०६५


मंगलबार जेन ज्यु संग गारनेट कम्युनिती सेन्टर मा सधै झै आज भेटने कुरा थियो । उहाले यो कम्युनिती सेन्टर मा प्रत्येक मंगलबार बिदेशीहरुलाई निशूल्कमा बेलुकाको ६ देखी ८ बजे सम्म अंग्रेजी भाषा पढाउनुहुन्छ । प्राय यो सेन्टरमा बिगर्नर कलास हुने भएकोले मलाई नमिले पनि उहासंग भने भेटने र यो सेन्टरमा जाने भने गर्दथे । अधिकांश मेक्सिकन र केहि अन्य देशका नागरिकहरु पढने कलासमा पुस्तक हरु कम्युटर ल्याब र अमेरिकन मित्रहरु पनि आउने हुनाले मलाई गफगाफ गर्न साथै ईन्टरनेट पनि प्रयोग पनि गर्न पाईने हुनाले मलाई खुबै सजिलो भएको थियो ।
सधै झै आज पनि जेन संग कलास हुन भन्दा १ घण्टा अगाडी भेटी गफगाफ गरियो । भोली बेलुका ७ बजे देखी एउटा कार्यक्रम (क्यालस्टेटका प्रोफेसरको लेख्चर) भएकोले आउन भन्नु भयो । मैले हुन्छ भनि भोलि साधे छ बजे भेटने समय दिए ।
अनि उहाको कलास सुरु हुन लाग्यो । उहाको कलास सुरु हुन लागेपछी प्राय म ईन्टरनेट कि पुस्तक पढने वा अरु मित्रहरु संग गफगाफ गर्ने गर्दछू । आज भने ईन्टरनेट मा बसे । अफीसको मित्र आएर किचनको तेबलमा भएको केक,पाउरोटी हरु देखाउदै खान मन लागेको खानुस बाकि घर लग्नुस भनेर भन्नुभयो । निकै धेरै भएको हुनाले म लगायत सबै साथिहरुले केहि खाईयो भने बाकि चाहि देरामा लिएर आए । सायद यो हप्ताको लागी मलाई पाउरोटी नै किन्न नपर्ने भयो ।

No comments: