Monday, August 11, 2008

Hanington Beach

मित्रहरु आगोको रापमा रमाउदै ।

एस.के, समुन्द्रको छालमा फोटो खिचाउदै

अमेरिकन मित्रहरूले ससेज़ पोल्दै ।

एस.के, ससेज़ पोल्दै ।

मित्र जिम र उनकी श्रीमती ।

महिला मित्रहरु एक अर्कामा भलाकुसारी गर्दै


सरद डायरी ।  आईतबार, श्रावण २६, २०६५

अमेरिकन मित्रले आज बिच पार्टी र फायर वर्क मा निमन्त्रणा गर्नु भएको हुनाले म उहाहरुलाई पर्खेर बसेको थिए । पुर्ब निर्धारित समयमै मित्रले फ़ोन गर्नु भई तयार हुनभन्नुभयो ।
मित्र समय मै आइपुग्नु भयो र लगियो होंनटिंग क्यालस्टेट बिच तीर , ५७ साउथ फ्री वय समातेर करीब ४० मिनेट गाड़ी गुदायपछी पुगियो गंत्यब्य स्थलमा । अन्य ९,१० जन मित्रहरु आइसक्नु भएको रहेछ ।
उहाहरूले डिनर को लागी सबै खानेकुराहरू, पेय पदार्थ हरु, चीप्सहरू, देजाट्रहरु र आगो बाल्नको लागी दाउराहरु समेत लियर उहाहरू तम्तयार भयर बस्नु भएको रहेछ ।
हामी पुगेपछि एकैछिन बिचमा खुट्टा दुबायर समुन्द्रको महसुश गर्यौ । अनी फोटोहरु खिच्ने कार्य पनी सम्पन्न गर्यौ ।
करीब बेलुकाको ६ बजेतिर सबै मित्रहरु जम्मा भयौ, आज अधिकांस अमेरिकनहरु थिए । हामी बिदेशी ६ (१ जना नेपाली,२ जना जापानी ,१ जना कोरिएन,१ जना बेतानामी,१ जना थाई) जना बायक अरु सबै अमेरिकन १७,१८ जना थिए ।
साढ़े ६ बजे तीर डिनर सुरु भयो सेल्फ़ सर्विस बाट । एउटा झिर जस्तो मा ससेज रोपेर आगो मो पोली,ब्रेडमा राखी केही भेजितेबल र सस राखेर हॉट डग जस्तो बनायर खांयौ । साथै द्रिन्कमा चाही लेमोनेदो जस्तो थियो मैले ४,५ गिलास नै पीए । साथै पोटेटो चिप्स, चीज बल पनी निकै थपी खाए ।
अन्तमा देज़र्त चाही निकै अनौठो खालको थियो । एउटा कपास जस्तो लाई आगोमा पोलेर बिस्कुट को बिचमा चकलेट र त्यों पोलेको चीजलाई राखी खाने रहेछ निकै मिठो तर खान चाही ल्यालल्याल गरी चुहिने भएकोले निकै कस्तकर हुदो रहेछ ।
जे होस नया परिकार भएकोले निकै मिहेनत का साथ बनायर खांयौ ।
८ बजेर राती भई सकेको थियो तर त्यहा को बतावरण खुबै रमाइलो भएको थियो किनभने समुद्र भरी आगो बालेर आगो ताप्दै,खाना खादै र कोही खेल्दै र कोही गफमा मस्त भएको देखिथ्यौ ।
अनी हामीहरु पनी सबै जना भलाकुसारि गर्दैमा ९ बजिसकेको रहेछ अनी लागीयो देरातिर मित्रको गादिमा । । ।

No comments: