Saturday, August 30, 2008

The Concourse Entertainment Center, Anaheim

बलिंग हल अगाड़ी पुगेपछी हामी चडेको गाड़ी अगाधि फोटो खिचाउदै
बलिंग हल भित्रको एक दृश्य
बलिंग हलको सोकेस को एक दृश्य
महिला मित्रहरूले बलिंग को एक्सन लिदै
मित्रहरु (केटाहरु मात्र) संग सामूहिक फोटो

सरद डायरी ।  शुक्रबार, भाद्र १३, २०६५

आज मित्रहरु संग बोलिंग खेल्ने जाने भन्ने कुरा भए अनुसार दिउसो काम सकेर लागियो बालिंग सेंटर तीर । मित्रहरु आज करिब १४,१५ जना जम्मा हुनु भएको होला ।
प्राय शुक्रबार को दिन वीक इन्द भन्दा अगाड़ी दिन पर्ने भएकोले हाम्रो काम दिउसो नै सकिन्छ, र सबै जना मिलेर कही न कही घुम्न जाने प्रचलन छ ।
तर म अमेरिका आएपछि पहिलो चोटी बोलिंग खेल्न जान लागेको हुनाले मलाई खुबै खुसी लागेको छ । ४ वोटा गाड़ी मा बादिएर लागियो आजको गन्त्यब्य तीर । तर हाम्रो आफिस बाट १५ मिनेटको बाटो भएको हुनाले उत्तिनैखेर पुगियो ।
अनी ४ ग्रुप मा बादिएर २ गेम को लागी मित्रहरूले आ-आफ्नो ग्रुप को पैसा जम्मा गरेर भुक्तानी गर्नु भयो । तर मेरो ग्रुपमा मलाई १ गेम मात्र खेल्न मन भएकोले मित्र लाई प्रस्ताब राखेको त उहाहरू पनी १ गेम खेल्न मंजूरी हुनु भयो । अनी १ गेम को ४ डलर र जुत्ताको ३ डलर गरी प्रति ब्यक्ति ७ डलर उठायर जम्मा २८ डलर तिरी खेल्न लागियो गेम तीर । मेरो ग्रुप को मित्रहरु त्यति राम्रो खेल्ने नजान्ने हुनु हदों रहेछ ।
त्यसकारण मलाई जित्नलाई त्यति गारो भएन । मेरो ग्रुप मा म पहिलो भएपनि जम्मा ११९ अंक मात्र ढलाएको थिए ।
तर सबभन्दा राम्रो अंक प्राप्त गर्ने मित्रले त करीब २०० को हराहारिमा ढ्लाउनु भएको रहेछ ।
जे होस हाम्रो टीम सबभन्दा पहिला सकियो । किनभने हामी १ गेम को लागी मात्र खेलेका थियौ ।
अरु मित्र हरु दोस्रो गेम म प्रबेस गर्नु भएकोले म कफी पिउन को लागी बोलिंग सेण्टर भित्रकै रेस्टुरेंटमा पुगे ।
कफी सोधेको त मीडियम साइज़ लाई १ डलर भनेकोले त्यही १ डलरको कफी मगाए ।
कफी निकै ठुलो भएकोले साथिहरु मिली पियौ ।
अनी गेम सकेर अमेरिकन मित्रले फेरी योगुर्तलैन्द भन्ने ठाउमा योगुर्ट खानको लागी जाने प्रस्ताब राख्नु भएकोले लागियो त्यतैतिर ।
त्यहा पुगेको त सबै यौगुर्ट बाट बनेको आइसक्रीम र पीनट,फलफुलको तपिंग रहेछ । आफैले मन परेको चीज झिकेर तराजू मा तौलेर पैसा तिर्ने स्यिस्तम रहेछ । मैले पनी केही निकाले । करीब ३ डलर पर्यौ निकै फ़्रेश र मिठो अनी धेरै भीड़ हदों रहेछ । खाईवोरी फेरी पछी भेटने बाचा गर्दै लागे बिस्तारै देरातिर ।







No comments: