Sunday, August 24, 2008

Radha Raman Temple

उक्त मंदिरको साइनबोर्ड
उक्त मन्दिर भित्रको दृश्य
धर्मालम्बिहरू भजन,कृतनमा मस्त हुदाको एक दृश्य


सरद डायरी ।  आईतबार, भाद्र ७, २०६५

हिजो अफिसको विच पार्टीको थकाई राम्रो संग मार्ने बिचारले दिनभरि कोठामा सुत्ने बिचार गरेको थिय । तर बोस्टन बाट मामाको फोनले ९ बजे उथाईहाल्यो त्यसपछि त कहा नीदाउन सक्नु नि ।
लादिबुदी गर्दै १,२ घंटा सुते । त्यसपछि उठेर चिया,रोटी खाईवोरि लागे बहिर तीर मोर्निंग वाल्क गर्न । करीब २ घंटा हिदेपछि देरामै फर्के । दिउसोको खाना करीब साढ़े दुई बजे तीर खाई फेरी अर्को मित्र संग भेटने कुरा भएकोले लागे उहालाई भेट्न ।
उहालाई भेटेपछी पो थाहा भयो आज नेपालको कृष्ण अस्थमि रे मन्दिर जाऊ भन्ने कुरा भएकोले लगियो मन्दिर तीर ।
उक्त मन्दिर मा म पहिला २,३ पटक गईसकेको राधा रामण मन्दिर (इंडियन) रहेछ , तर आज त खुट्टा टेकने ठाउ पनी नहुदो रहेछ । किनभने आज बिसेस किसिमको कार्यक्रम भजन,कृतन अबेर सम्म गरिने र खाने समेत को बेबस्था रहेछ ।
९० प्रतिसत भारती महिला (अधिकांस ब्रिद्ध महिला) थिएहोला र बाकि पुरुस । मैले पहिलो चोटि यस्तो जमघट देखेकोले कहा म इन्दियाको कुनै प्रदेस मा त होइन भन्ने भान भयो ।
जे होस भजन,कृतन सुनी प्रसाद खायर कोठामा फर्कदा त बिहानको पौने एक भेईसकेको रहेछ ।

भजन क्रितंनको केहि झलक (भिडियो क्लिपमा)

No comments: