Friday, August 15, 2008

CSUF & My Air ticket

क्यालस्टेट यूनिवर्सिटी को इन्जिनीयर डेपार्त
मित्रको नेम प्लेट मित्रको इन्जिनीयर डेपार्तमा भएको अफिस
एस.के, मित्रसंग उहाकै अफिसमा


सरद डायरी । बिहीबार,श्रावण ३०, २०६५

मलाई बोस्टन जानको लागी एयर टिकेट किन्नू पर्ने भएकोले मेरो मित्र क्यालस्टेट युनिवार्सितिका प्रोफ़ेसर मित्रलाई फ़ोन गरे । उहाले मलाई यहा क्यालिफोर्नियामा धेरै सहयोग गर्नु भएको ले केही पर्दा उहालाई नै संपर्क गर्ने गर्छु । उहाले दिउसो ४ बजे तीर आउन भन्नुभयो । उहाको ल्याब र अफिसमा यो भन्दा पहिला पनि धेरै चोटी गएको हुनाले मलाई सबै बाटो हरु थाहा थियो ।
डेराबाट १० मिनेट अगाड़ी निक्लियर उहाको फ्याकिल्टी ऑफिस को फोटो हरु खिचे ।
किनभने आज यसैको बारेमा केही लेख्न मन लागेको ले हो । मलाई बोस्तनमा हुने एउटा कार्यक्रमको लागी जसरी भएपनि जानु पर्ने भएको र मलाई टिकेट ऑनलाइन बाट मित्रको क्रेडिट कार्ड प्रयोग गर्नु पर्ने भएकोले हो ।
जे होस मित्र लाई समय मै भेटी टिकेट हेरेको त निकै महँगो भईसकेको रहेछ । हेर्दा हेर्दै अली सस्तो टिकेट फुत्की हाल्यौ ।
अनी ४१० डलरको टिकेट सान्ता आना बाट बोस्टन सम्मको राउन्द वाला कीने तर मलाई जादा २ ठाउमा ट्रांजिट गर्नुपर्ने र फर्किदा सन्फ़्रान्सिस्को मा ३ घंटा जती कुर्नु पर्ने टिकेट मिल्यौ । अझै अप्थ्यारो कुरो त जादा पनि धेरै बिहान उठन पर्ने र फर्किदा पनि त्यस्तै पर्यौ । के गर्नु यो भन्दा उपयुक्त टिकेट नै नमिलेको कारणले यही टिकेट मै चित्त बुझाए ।
अभाग्यबस बोस्टन को कार्यक्रम फेरी मिति फेरिएको जानकारी आएकोले मिति सार्नु पर्ने भयो । तर मिति सार्दा ठ्याक्कै दबलै महँगो पर्दों रहेछ तर के गर्नु उपाए नै नभएकोले मित्रलाई नै क्रेडिट कार्ड प्रयोग गर्न लगाई नया टिकेट कीने ।

No comments: