Saturday, August 23, 2008

Beach Party in Hanington.


मित्रहरु संग लन्च लिदाको एक झलक
पहिलो भलिबल गेमको प्रतिस्प्रदाको एक झलक
एस.के, मित्रहरु संग रमाउदै एस.के, मित्रहरु संग रमाउदै फाइनल गेम खेल्दाको एक झलक
हाम्रो भलिबल टीमको सामूहिक फोटो
कस्ले छिटो खाने भन्ने गेम मा हाम्रो मित्रहरुको प्रयास
हाम्रो अफिसको ग्रुप फोटो


सरद डायरी ।  शुक्रबार, भाद्र ६, २०६५

आज हाम्रो ठुलो विच पार्टी भएको हुनाले सबेरै उठेर चिया पीएर तयार भए । अगस्त महिनाको गर्मी समयमा पारी सबै ठाउको स्टाफ जम्मा भएर बिभिन्न कर्यक्रम सहित केही कम्पीतिंशन खेलकुदहरु पनी राखिएको हुदो रहेछ । खेल जित्नेलाई पुरुस्कार र सबै खेलको उत्क्रिस्त हुने तीमलाई सिल्ड को पनी बेबस्था रहेछ ।
साथै आज हामिसबैको लागी लन्च,पेय पदार्थ सहित चिप्सहरू,फलफुलहरूको पनी एकदमै राम्रो बेबस्था हुने रहेछ । पुर्ब निर्धारित समय अनुसार सबै जम्मा भई लागियो होंनतिन् टन नामक विच तीर । ५७ साउथ र २२ साउथको फ्रीवय मा करीब १ घंटा गाड़ी कुदाएपछि पुगियो गन्त्यब्य स्थल मा ।
आज हामीहरु करीब २५,३० वोटा कार गएका थियौ होला . मलाई त्यति एकिन त भएन तर हाम्रो ऑफिस को मात्र करीब ५०,६० जना थिएहोला । त्यसै गरी अन्य ठाउको जोड्दा त करीब ३०० बढ़ी जम्मा भएको थियो होला ।
गन्त्यब्य स्थलमा अत्यन्तै रमणीय र चहलपहल थियो । निलो आकाश , हरियो समुद्र, चर्को घाम, खानेकुराहरुको ब्यबस्थित स्टल, सबै मित्रहरुको हसिलो अनुहार ले गर्दा खुबै रमाइलो बातावरण थियो त्यहाको । हामीहरु पुग्ने बित्तिकै भलीबल म्याच सुरुहुने जानकारी माइकिंग भएपछी म लगायत मित्रहरु युनिफोर्म फ़ेर्न लाग्यौ । किनभने म भलिबल खेल्ने मेम्बरमा छनोत भयको थिए मेरो ऑफिस बाट । म आजको म्याच को लागी म लगायत हामीहरूले ३ पटक प्रक्टिस पनी गरी सकेका थियों । अनी हामी पुरुष को टीम मात्र होला भनी हाम्रो मेम्बर १२ जना बढ़ी पुरुस थियों . तर आज रेफ्रिले नियम सुनायर एक टीम मा २ महिला खेलाउनै पर्ने नियम सुनाए पछी हामीलाई फसाद पर्यौ । किनभने हाम्रो टीम मा पुरुस बढ़ी र महिला नपुग्ने हो की भन्ने सोचेको त हामीलाई महिला खेलाडी पाउनलाई केही समस्या भयन तर पुरुस भने बढ़ी भएकोले पालो पालो खेल्ने योजना बनायौ ।
आज ४ टीम विच खेल सुरु भयो । म पहिलो गेममा सहभागी भए साथै हामीलाई पहिलो गेम जित्न त्यति असजिलो भयन । दोस्रो गेम भने हार खायौ । तर अन्तसम्म खेल खूब कम्पीतेसन भयपनि फाइनल गेम पनी हामीले जित्न सफल भयौ र हामी भलीबलमा पहिलो भयौ । त्यसैगरी लुठो तान्ने खेल,बल्तिन मा पानि भर्ने गेम,कसले छिटो झण्डा टिप्ने गेम र अन्तमा कस्ले छिटो खाने भन्ने गेम सम्म खेल्न खेलियो ।
आजको यो दिन मेरो लागी अति नै रमाइलो र अबिस्मर्नीय दिन भयो ।

No comments: